५ जेठ
बाग्लुङ नगरपालिका–१ रामरेखा खत्रिटोलका २६ वर्षिय आशिष खत्रीको अमेरिकामा निधन भएको छ । जेठ १ गते पौडी खेल्दा तलाउमा डुबेका खत्रीको मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङ नगरपालिकामा कार्यरत राम बहादुर खत्रीको छोरा आषिश खत्री तीन वर्ष अघिमात्रै अमेरिका जानुभएको थियो ।
सोमबार बिहान आषिशको मृत्यु भएको खबर प्राप्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका वडा अध्यक्ष दुर्गा बोहोराले जानकारी दिनुभयो ।
आषिशको मृत्यु संगै रामरेखाको खत्री टोल शोकमा डुबेको छ । उहाँ अमेरिकाको वाल्टिमोर बस्दै आउनुभएको थियो ।









