१ जेठ
जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा बिहीबार दिउँसो वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन् ।

दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्त चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन् ।

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मघेराज सापकोटाले जानकारी दिए ।

केसी तत्कालिन माओवादी केन्द्रवाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । नुवाकोट एक्सप्रेसवाट