२० वैशाख
सुरज शर्मा अधिकारी
कटुबा चौपारी ,कुनपा ९ पर्वत
हाल दोहा कतार
सम्माननिय नेता गण ,समाजसेबी ,जनप्रतिनिधि तथा अभिबाक ज्यु हरु हामि पर्वत जिल्लाका युबा हरु हाल बैदेशिक रोजगारीको शिलसिलामा बिभिन्न मुलुकमा छौँ। हाल विश्वले भोगिरहे को यो कोरोना माहामारी बाट हामि पनि अछुतो पक्कै छैनौ । तर हामि मध्ये कसैले यस्तो दुखदायि अबस्था पनि ब्यहोर्नु परेको छ होला ।
हामिले यस्तो अबस्थामा यहाँ बाट हाम्रा लागि नि केहि कुराहरु राख्ने उदेश्य का साथ विभिन्न माध्यम बाट विभिन्न सम्बन्धित निकाय का ब्यक्ति लाई बिभिन्न ब्यक्तिले सम्पर्क को निकै कोशिस गर्दा पनि कुनै रेस्पोन्स नआउदा निकै चित दुखेको छ हाम्रो । हाल बिभिन्न मुलुकमा कसैको काम चलेको छ भने कसैको पुर्ण रुपमा बन्द नै छ यहाँ नि लक डाऊन ले बाहिर निस्कने कुनै अबस्था छैन । हामि पनि त्यहि ठाऊको युबाहरु लाई यस समाज का प्रतिनिधि तथा समाजसेवि नेता गण ले कुनै खोजि नगरेको मा निकै दुखि छौँ। यहाँ को स्थिति पनि निकै बिग्रदै गएको छ र हामि पनि बिचलित हुदै गईरहेका छौ।
हामिलाई नि उता परिबार को र यता आफ्नो निकै चिन्ता लागि रहेको छ तर यस्तो अवस्था मा पनि हाम्रो जिल्ला को कुनै निकाय ले खोजि र उद्दार को पहल नगरेको मा निकै दुख ब्यक्त गर्न चाहन्छु।
हामि यहाँ बाट नेपाल ले खोले पछि हामिलाई यहाँको सरकार ले अबस्य नै फर्काउन चाहन्छ यहाँ धेरै कम्पनि को पनि आर्थिक अबस्था कमजोर हुदै गयको ले अबस्य यो कदम चाल्ने छ ।हामि पनि हजुर हरुको लागि परेको बेला दुख कष्ट गरेका युबा हौ। हजुर हरुले यस्तो दुख परेको बेला हाम्रो उद्दार त के खोजि पनि नगरेको मा हामि दुखि छौ। हजुर हरु ले हामी प्रदेशिको निकै मन दुखाउनु भयको छ । हाल यहाँ कुनै पनि नेपालि सँघ सस्था ले पनि हाम्रो लागि केहि पहल नगरेको अवस्था छ । हामि जस्तै हाम्रो जिल्ला का अरु दाजु भाईहरु अरु देशमा पनि कम्पनिले निकालेर बा तलब नै नदियर अप्ठ्यारो मा परेको पनि हामिलाई खबर आईरहेको छ ।
अन्य देशको भन्दा कतार सरकार ले कामदारको लागि निकै राम्रै व्यवस्था त गरेको छ तर खुला भय पछि हाम्रो रोजगारीको के हुन्छ भन्ने कुनै टुग्ङ्गो भने छैन। यस्तो अबस्था पनि हजुर हरुको कुनै पहल नहुन र सहानुभुति हुन सकेन भने हजुर भएको कुनै आभाष हुने छैन ।यसो गर्दा हामि विदेशियका युबा हरुले एक्लो पन बा टुहुरो भएको महशुस गर्ने छौँ।
माननियलाई प्रस्नस्हजुरले हाम्रो यस क्षेत्र बाट बिजय हासिल गरे पनि यस क्षेत्रका युबा हरुको बिषय मा कुनै ठोस र सम्मान जनक कार्यक्रम को योजना ल्याउन सके जस्तो मलाई लागेन । हाल यस महामारी बाट सम्पुर्ण विश्व नै लक डाउन भएको छ। यो अबस्थामा बिदेशमा रहेका पर्वत जिल्ला का युबा हरुको बारेमा के कस्ता धारण र योजना को तयारी गर्नु भएको छ ।
यस पछि पक्कै नै बिस्वले हरेक क्षेत्रमा आर्थिक सँकट को भार ब्यहोर्ने निश्चित नै छ ।यो सगै हामि जस्ता प्रदेशि युबाको रोजगारी गुम्ने सम्भाबना पनि प्रबल छ । यस्तो अबस्था को सरल न्युनिकरण को लागि हजुर को भाबि योजना हरु र फर्कियका युबाहरु को ब्यबस्थापन को लागि के कस्ता उपाय र योजना ठिक होलान प्रष्ट पार्दिनु हुन अनुरोध गर्दछु । पक्कै पनि एकै चोटी सम्पुर्ण को समस्या समाधान गर्न सकिने छैन।
स्थानिय पालिका भित्रका के कति युबा हरु रोजगारी को सिलशिलामा बाहिर खाडि तथा अन्य मुलुक मा छन् त्यस्को विबरण राख्नु भयको छ कि छैन। छ भने कति र छैन भने किन र हाल को यो जटिल परिस्थितिमा हामि यस क्षेत्रका युबाहरुको प्रदेशमा के कस्तो परिस्थितिमा छौ यसको जानकारी लिन नखोज्नु को कारण के होला यस बिषयमा स्थानिय तहका प्रमूखहरुले पार्दिनु होला । यस परिस्थिति पछि को आर्थिक सकँट र बिभिन्न मुलुक बाट बिभिन्न सिपमा दक्ष भई बाध्यताले फर्केका युबाहरुलाई व्यवास्थापन र रोजगारी को लागी के कस्ता योजना तथा कार्यक्रम को सोच बनाऊनु भएको छ ।
वडा अध्यक्ष तथा जन प्रतिनिधिलाई प्रस्नःहजुर हरुलाई हालको यो महामारीको बिषयमा जानकारी छ कि छैन । र छ भने अब भबिष्यमा आउने समस्या हरु के के हुन जस्तो लाग्छरुहजूरको वडा बाट के कति नागरिक विदेशमा छन् र यसको विवरण राख्नु भएको छ कि नाई र किन राख्नु भयको छैन प्रष्ट पारदिनु होला । यस पछि गाऊमै फर्केर आऊने नागरिकको लागि के कस्ता कार्यक्रम ले आफ्नो वडालाई विभिन्न सकँट बाट बचाउन सकिन्छ भन्ने सोच्नु भयको छ । विदेश बाट फर्किएका युबाहरु को लागि केस्ता कार्यक्रम गर्नु र ब्यबस्थापन गर्नु राम्रो होला । हजुर को बडा मा युबाहरु को लागि के विषेस कार्यक्रम सन्जालन मा छ वा छैन भने किन समाजसेवि तथा राजनितिग्य लाई प्रश्नः यसरी बिदेश मा रहेका युबाहरुलाई के कसरी उद्दार सहयोग गर्न सकिन्छ विदेशमा रहेका युबाहरु को बारेमा समाजले केहि खोजि नगर्नु को कारण के होला । यस पछि के कस्ता पहल होस भन्ने चाहनु हुन्छ आफ्नो गाऊ र युबाहरु को रोजगारीका लागि,युबाहरुलाई आफ्नै गाऊँ ठाऊँमा ब्यवसायको लागि केकस्ता सहयोग र बाताबरण सृजना होस् भन्ने चाहानु हुन्छ ।









