१८ वैशाख

पर्बत । पर्बतको कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी कोरना अस्पतालको आइसोलेसनमा वार्डमा ५ जना विरामी भर्ना भएका छन् ।
बुधबार जिल्लाको पैयुँ गाउँपालिकाका ५ जनालाई आईसोलेसनमा भर्ना गरीएको कोरना अस्थायी अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा भर्ना गरीएका ५ जना बैशाख १४ गते गाउँपालिका प्रबेश गरेको पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्र तिबारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना मध्ये चार पुरुष र एक महिला रहेका छन् ।
उनिहरु पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन ।

पैयुँ गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २९ बर्षिय पुरुष, २७ बर्षिय महिला र २३ बर्षिय पुरुष रहेका छन् भने वडा नम्बर ५ चिसापानिका एक २२ बर्षिय र अर्का २० बर्षिय पुरुष रहेका छन् । उनिहरु २ जना भारत, २ जना नबलपरासी र १ जना तनहुँबाट आएको पनि उहाँले जानकारी दिनुभयो ।

उनिहरु पाचै जनालाई आज कोरना अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.शिशिर देबकोटाले जानकारी दिनुभयो ।

उहाँले उनिहरुमा कुनै लक्ष्यण नदेखिएको बताउनुभयो । उहाँका अनुसार कुनै लक्ष्यण नदेखिए पनि बाहिर बाट आएको कारण आईसोलेशनमा राखिएको र भोली बिहिबार सबै जनाको थ्रोड स्बाव संकलन गरीने उहाँको भनाई छ ।