चैत्र २७
पर्वत । सामूदायिक वचत तथा ऋण सहकारी संस्थाले कूश्मा नगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा एक्काइस हजार सहयोग गरेको छ । उक्त रकमको चेक हिजो सामूदायिक वचत तथा ऋण सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्रीले कूश्मा नगरप्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।
२०५६ सालमा साविक मूडिकूवा गाविस वडा नं. ४ मा स्थापना भएको सामूदायिक वचत तथा ऋण सहकारी संस्थाले कोरोना भाईसको रोकथामका लागी भएको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने विपन्न परिवारलाई राहात वितरण गर्नका उक्त रकम सहयोग गरेको सहकारीका कोषाध्यक्ष पृथ्वीनारायण शर्माले वताउनू भयो । नगर प्रमूख रामचन्द्र जोशीले सहयोग रकमको चेक लिदै सहकारीले नाफा मात्रै हेर्ने हैन विपदको वेला सहयोग पनि गर्नु पर्दछ भन्दै नगरले आहन गरेको विपद कोष्मा हातोमालो गरेकोमा सामूदायिक वचत तथा ऋण सहकारीलाई धन्यवाद ज्ञापन गर्नु भयो । यसै गरि कूश्मा नगरमा स्थापित सवै सहकारीले उक्त विपद कोषमा सहयोग गर्न आहन गर्नुभयो । सहकारी सवैका लाग्ी एक र एकका लागी सवै भएकाले क्रमशः सवै सहकारीले सहयोग गर्नेमा विस्वस्त रहेको वताउनू भयो ।
त्यसै गरि नगर उप प्रमूख सीताकप्ले लामिछानेले ३ साता लामो लकडाउनका कारण धेरै श्रमीकहरुको अवस्था जटिल वनेको वताउदै कूश्मा नगरले वडाकार्यालय मार्फत डेटा संकलन गरि राहात वितरण गरिरहेको जानकारी दिनू भयो ।
यसैविच शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले समेत ३० हजार १ सय २५ को चेक नगर प्रमूख रामचन्द्र जोशीलाई हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा करिव ६२ लाख रुपैयाँ जम्मा भईसकेको जनाईएको छ ।