चैत्र २६
पर्वत । कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने सहित वडाध्यक्षको रोहोवरमा हस्तान्तरण गरिएको हो ।
नगरपालिकाका कर्मचारी मध्ये प्रशासकिय अधिकृत हरी पंगेनीले १५ हजार अधिकृत स्तरका कर्मचारीले ८ दिन र सहायक स्तर र श्रेणी विहीन कर्मचारीले ५ दिन वरावरको तलव कोषका लागि प्रदान गरेको प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । कर्मचारीको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भए बमोजिम रकम सहयोग गरिएको पंगेनीको भनाई छ । नगरपालिकामा हाल १ सय ९५ जना कर्मचारी कार्यरत छन् । नगरपालिका भित्र कार्यरत शिक्षकहरुले छुट्टै रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
रकम बुझ्दै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले नगरपालिकाले स्थापना गरेको कोरोना विपद राहात तथा उद्धार कोषमा कर्मचारीले रकम सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । मेयर जोशीले विषदमा सवैलाई सहयोग गर्न आह्वान गनु भयो । यस महामारीको सन्दर्भमा नगरका कर्मचारीले कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम र नियन्त्रण तथा राहातका लागि कर्मचारीले गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो । उहाँले कोरोना भाइरसले निम्त्याएको महामारीलाई रोक्न सवै एक जुट भएर लाग्नुपर्र्नेमा जोड दिनुभयो ।

यसैविच सामूदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटिेडले २१ हजार र शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले समेत ३० हजार १ सय २५ को चेक नगरपालिकाकाका मेयर रामचन्द्र जोशीलाई हस्तान्तरण गरेका छन् । कुश्मा नगरपालिकाले स्थापना गरेको राहात कोषमा करिव ६२ लाख रुपैयाँ जम्मा भईसकेको जनाईएको छ ।









