२३ चैत
पर्वत । क्षत्री समाज पर्वतले कुश्मा नगरपालिकालाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । क्षत्री समाजका अध्यक्ष कृष्ण वहादूर क्षत्रीले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेका हुन । उक्त सहयोग रकम लिदै कूश्मा नगर प्रमूख जोशीले विपदको वेला क्षेत्री समाजले गरेको सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त सहयोग रकम क्षत्री समाजका सदस्यहरु वाट संकलन गरिएको थियो । क्षत्री समाजले संचालन गरेको म्यासेन्जर समूहमा आह्वान गरे वमोजिम सवैले सहयेग रकमको प्रतिवद्धता जनाई सहयोग उपलव्ध गराएका थिए । पहिलो चरणमा ५६ हजार २ सय संकलन भएकोमा कूश्मा नगरलाई ५० हजार हस्तान्तरण गरिएको क्षत्री समाजका समजका उपाध्यक्ष मानसिह भण्डारीले जानकारी गराए ।
नगरपालिकाले एकद्धार नीति मार्फत कोरोनाका कारण विपद्मा परेका विपन्न परिवारलाई राहात प्रदान गर्ने राहत कोषमा नगरकमिटिले नगद ५० हजार रुपैंया सहयोग गरेको हो । नगरपालिकाले नगरपालि भित्र वसोवास गर्ने विपन्न,मजदूरका परिवारका लागि उक्त रकमबाट खाद्यन्न उपलब्ध गराउनेछ ।
राहात सहयोग निरन्तर रहेको जानकारी गराउदै क्षत्री समाजका सचिव गणेश वहादूर क्षेत्रीले अन्य पालिकाहरुमा पनि सहयोग संकलन गरि हस्तान्तरण गरिने वताए । अव क्रमश जलजला,फलेवास,मोदी,महाशिला,पैयू र विहादी गाउपालिकाका समितिलाइृ सकृय वनाई सहयोग हस्तान्तरण गरिने क्षेत्री समजले जनाएको छ ।
उक्त राहात सहयोग हस्तान्तरण कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेशका विरष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा कूश्मा नगरका वडा न ११ का अध्यक्ष शिवशर्मा पौडेल,वडा नं. ६ का अध्यक्ष रुद्र गिरी र समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।