२० चैत्र
ठाकुर रसाईली/ पर्वत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद तिवारीले बिश्व समुदायमा महामारीको रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ बाट सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । नेता तिवारीले लकडाउनबाट गरिब बिपन्न तथा दैनिक ज्यालादारी गरेर जीबिका चलाउने बर्गलाई परेको समस्याप्रति आफू चिन्तित रहेको बताउनुभयो ।
गएको निर्वाचनमा पर्वत प्रदेश ख बाट उमेदवार समेत रहेका तिवारीले सबै तहका सरकारले गरिब तथा बिपन्न परिवारका लागी राहतका कार्यक्रम यथासिग्र संचालन गर्न माग गर्दै राहत बितरण गर्दा वास्तविक गरिबको घरमा पुग्ने गरि वितरण गर्न आग्रह समेत गर्नुभयो ।
नेता तिवारीले आफू निर्वाचनमा झिनो मतले पराजित भएको भएपनि बिगतदेखि नै जनताको प्रतिनिधि भएर सुखदुःखमा साथ दिंदै आएको बताउँदै अहिले पनि जनताको साथैमा रहेको बताउनुभयो । उहाँले यो संकटको समयमा आफ्नो निर्वाचन क्षेत्र भित्र प्रत्येक स्थानीय तहहरुमा वास्तविक बिपन्न परिवारसम्म पुग्नेगरि राहत कार्यक्रम संचालन गर्ने घोषणा समेत गर्नुभएको छ ।