१८ चैत्र
ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो ।
धादिङबाट पाटन अस्पताल रिफर भएका ३६ वर्षीय पुरुषकोआइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।धादिङ घर भएका ती युवक आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए ।
१८ वर्षदेखि भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेका थिए । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।









