१७ चैत पर्बत कुश्मा
अजय लामिछाने । बिश्वब्यापी रुपमा फैलिदै गरेको नोवेल कोरोना भाइरस covid 19 को विरूद्द कुश्मा नगरपालिका वडा न ९ ले सचेतना मुलक माइकिङ कार्यक्रम गर्ने भएको छ । वार्ड अध्यक्ष कृष्ण प्रशाद लामिछानेको पहलमा र उपप्रमुख सीता कफ्ले लामिछाने को सहभागिता उक्त कार्यक्रम गर्न लागिएको हाे । मानिसहरूलाई घरवाहिर ननिस्कन अनुराेध गर्दै सचेतनाका लागि माईकिङ गर्न लागिएकाे हाे । फ्रान्सवाट नेपाल अाएकि वाग्लुङकि २२ वर्षिय युवतीलाई काेराेना लागेपछि छिमेकि जिल्ला पर्वत उच्च जाेखिममा रहेकाे छ ।लामिछानेका अनुसार मास्क बितरणको लागि वार्ड सदस्यहरु लाई जिम्मा दिएको बताउनु भयो। टाेलटाेलमा गएर माक्स वितरण गरिने भएकाे छ ।









