११ चैत्र
पर्वत । अजय लामिछाने । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि गरिएको निशेधाआज्ञाको पालना गर्दै कूश्मा नगरपालिका कटुवाचौपारी साईकल चोक वन्द भएको छ । बिहानै देखि कूनै पसल खुलेका छैनान् । सडक मा कूनै सवारी साधन पनि चलेका छैनानु । वजार वस्ति पूरै सूनसान भएको छ । अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द भएका छन् ।
हिजो जिल्ला विपद व्यवस्थापन समिति तथा सुरक्षा समितिले निर्णय गरेको निर्णय र स्थानिय कूश्मा नगरपालिका वडा नं. ९ को निर्णय वमोजिम वजार पूर्ण रुपमा वन्द भएको हो । जिल्ल प्रशासन कार्यालय पर्वतले पर्वतवासीहरुका लागी अतिआवश्यक काम वाहेक घरवाहिरा ननिस्कन माईकिङ नै गरेको छ । चैत्र १० गते देखी अर्को सूचना नहुने समय सम्मका लागी पर्वतवासीहरुलाई भिडभाड नगर्न,घरमा नै वसेर सहयोग गर्न अनूरोध गरेको छ ।
यसरिनै कुश्मा नगरपालिका वार्ड न ९ ग्यादीका सवै व्यक्तिहरु उक्त महामारी प्रति सचेत रहेको वार्ड अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताए । स्थानिय ब्यक्ति जगत लामिछानेले कोरोना भाइरस बारे फैलाईएका भ्रममा नपरी सेल्फ कोरेनटाइनमा घरमा नै बसि सरकारलाई सहयोग गर्न अनूरोध गर्नु भएको छ ।









