१० चैत्र
पर्वत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि आज दिउँसो २ बजेदेखि अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द भएका छन् । अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द भएका छन् ।

दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द गर्ने विपद व्यवस्थापन समिति तथा सुरक्षा समितिले निर्णय गरेको थियो । आज प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरो नेपालको अध्यक्षतामा वसेको वैठकले उक्त निर्णय गरेको हो । पर्वतवासीहरुका लागी अतिआवश्यक काम वाहेक घरवाहिरा ननिस्कन माईकिङ नै गरेको छ । चैत्र १० गते देखी अर्को सूचना नहुने समय सम्मका लागी पर्वतवासीहरुलाई भिडभाड नगर्न,घरमा नै वसेर सहयोग गर्न अनूरोध गरेको छ ।

बैठकले आम नागरिकहरुलाई त्रसित र आतंकीत बनाउने गरी सामाजिक संजालमा समाचार तथा सुचना प्रकाशन गर्ने व्यक्तिहरुलाई कारवाहि गर्ने निर्णय पनि वैठकले गरेको छ ।