१० चैत्र
पर्वत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि कूश्मा नगरपालिका वडा नं. ५ ले हातधुने सावून पानीको व्यवस्था गरेको छ । आज कुश्मा नगरपालिका वडा नं. ५ मा पर्ने कूश्मा ज्ञादी झोलुङ्गे पूल,वडागाउं कैया झोलुङ्गे पूलमा हात धुने पानी सहितको वाल्टी राखिएको छ । हात मात्र सफा गर्दा पनि कोरोना भाईरसको संक्रमण वाट जोगिने भएकाले वडाले हातधुने व्यवस्था गरेको वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारतीले वताउनू भयो । त्यसै गरि वडागाउंमा नै रहेको माझी वस्तिका १२ घरधुरीलाई टावेल,माक्स र पानी जम्मा गर्ने ड्रम वितरण गरिएको छ ।
मानिसहरुको वढि आवतजावत गर्ने स्थानहरु यान्त्रिक पूल,वन्जि जम,गुप्तेश्रर गुफा लगायतका १२ वटा स्थानमा हातधुने सावुन पानी सहितको ड्रमको व्यवस्था गरिएको छ ।
स्थानिय रुपमा जनताको सहयोगमा पानी भर्ने गरि जिम्मा दिईएको छ । कूश्मा ज्ञादी झो पू चोकमा सिसेफ महिला समूहलाई जिम्मा दिईएको छ भने अन्य स्थानमा स्थानिय वासीको सहयोगमा व्यवस्थान गरिएको वडा अध्यक्ष भारतीले जानकारी दिनू भयो ।
त्यसै गरि कूश्मा नगपालिका वडा नं. ४ ले सचेतनाका कार्यक्रम तथा माक्स वितरण गरेको छ । वडा नंं ७ ले हात धुने तरिका सहितको डेमो प्रदर्शन गरी विभिन्न स्थानमा हातधुने व्यवस्था गरेको छ । वडा नंं २ ले सचेतनाका लगाी समन्वय समिति गठन गरि कार्य अगाडी वढाएको छ । वडा नं. ९ ले स्थानिय वजार ज्ञादी साइकल चोक लगायतका स्थनमा संचालित पसलहरु दिनको २ पटक २ घण्टा खोल्ने र अतिआवश्यक वस्तूहरु औषधी,तरकारी,दूध लगायत वैक नियमित खुला गर्ने वडाले निर्णय गरेको छ ।









