५ चैत्र
प्रहरीले काठमाडौंको सानोभर्याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार १० लाख थान मास्कसहित गोरखा आरुघाटका युवराज न्यौपानेलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
कोरोना भाइरसको सन्त्रास बढिरहेको बेला मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले सो परिमाणको मास्क बरामद गरेको हो ।









