२३ फागुन
अजय लामिछाने, कुश्मा पर्वत । कूश्मा नगरपालिकामा वडा नं ९ मा रहेको आइबल एकेडेमीमा १३औ अभिभावक दिवस एवम् पुरस्कार बितरण कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा लमिछानेको अध्यक्षतामा सम्पन्न भएको छ ।बिद्यार्थीहरुका विभिन्न सास्कृतिक प्रस्तुती र शैक्षिक प्रदर्शनी समेटिएको कार्यक्रमका प्रमुख अथिती प्याब्सन पर्वतका अध्यक्ष बलराम शर्माले नेपालको शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयहरुले गर्दै आएको योगदानको राज्यले मुल्यांकन गर्न नसके पनि सस्थागत विद्यालयहरु समय सापेक्षिक गणस्तरिय शिक्षा प्रदान गर्दै अभिभावकहरुको मन जित्न सफल भएको कुरा ब्यक्त गर्नु भयो। कार्यक्रमका विशिष्ठ अतिथि वडा नं ९ का वडा अध्यक्ष कृष्ण प्रसाद लामिछानेले वडाको एकमात्र सस्थागत विद्यालय यस क्षेत्रको शैक्षिक विकासको लागि आबश्यक भएको र वडाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जानउनु भयो ।विद्यालय अहिले नयाँ ब्यबस्थापनमा संचालन भैरहेको र बालमैत्री वातावरणमा संस्कार , नैतिकता सहितको ब्यबहारिक शिक्षामा जोड दिइएको कुरा बिद्यालयका प्रिन्सिपल विमल पौडेलले बताए ।कार्यक्रममा पोखरा इन्जिनियरिङ क्याम्पसमा पूर्ण छात्रवृत्तिमा स्नातक तहमा ( Electronic & Communication Engeenaring ) अध्ययनरत पूर्व विद्यार्थी अनुभव तिवारी, गत बर्षको एस इ इ मा सर्बोत्कृष्ट जि पि ए प्राप्त गर्न सफल विद्यार्थी शैलेष पौडेल र एस इ इ मा उत्कृष्ट बिषयगत उपलब्धि हासिल गर्न सफल शिक्षक उपेन्द्र तिवारीलाई सम्मान गरिनुका साथै शैक्षिक तथा अतिरिक्त कृयाकलापहरुका विभिन्न बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो। १२ बर्ष सम्म बिद्यालयले धेरै चुनौतिहरुको सामना गरेको र अहिलेको सहज अवस्थासम्म आइपुग्नुको विशेष श्रेय सम्पूर्ण अभिभावकज्यूहरुलाई जाने बताउदै कार्यक्रमका अध्यक्ष घनश्याम शर्मा लामिछानेले शिक्षा क्षेत्रको आफ्नो ४० बर्ष अनुभवलाई बिद्यालयमा उपयोग गर्दै आगामी दिनमा थप प्रभावकारी ब्यबस्थापनमा विद्यालय सन्चालन गर्ने कुरामा जोड दिए। आगामी शैक्षिक सत्रबाट बढिमा ५ जना आनाथ एवं असहाय विद्यार्थीहरुलाई पूर्ण छत्रबृती प्रदान गरि अध्यापन गराउने योजना पनि उक्त कार्यक्रममा घोषणा गरिएको थियो। उक्त अभियानका लागि पुस्तक व्यवसायी संघ गण्डकी प्रदेश समिती सदस्य सदस्य तिलकराम शर्माले शैक्षिक सामग्री बितरण हस्तान्तरण गरेका थिये।शिक्षक संगीता अधिकारीको स्वागत एवम शैक्षिक बिभाग प्रमुख दिलिप लामिछानेको सन्चालन मा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी अनिष सुवेदी , अभिभावक एवं सल्लाहकार चन्द्रमान प्रधान , ने क पा वडा कमिटी अध्यक्ष शुरेश बहादुर पि. सी. लगायतले मन्तब्य रखेका थिए।









