१८ फागुन
पर्वत । गृहमन्त्री रामबहादुर थापाले सिमा क्षेत्रमा गूमेका भूभाग छिट्टै फिर्ता ल्याउने प्रयत्न गरेको वताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले विभिन्न सन्धि संझौताले गर्दा गूमेका भूभाग विज्ञहरुको समुह गठन गरेर अध्ययन गरेको बताए । उनले संघीयता कार्यान्वयनका क्रममा केही जटिलता देखिएको र ती समस्या बिस्तारै हल हुँदै जाने धारणा राखे । थापाले शान्ति, स्थायित्व र सुशासनबिना विकास र संवृद्धि सम्भव नभएकोले शान्ति, स्थायित्व र सुशासनलाई सरकारले प्राथमिकता दिएको पनि दाबी गरे।
मन्त्री थापाले मुलुकको अखण्डता सबै नेपालीको एकताले मात्रै सम्भव भएको र नेपालको दक्षिणतर्फका सीमा समस्या पुरानो भएको बताए । सरकारले गुमेका नेपाली भुभाग पनि ल्याउने प्रयत्न गरिरहेको मन्त्री थापाले दाबी गरे ।
कर्मचारीहरु जनताको सेवकका रुपमा परिचित भएर काम गर्नुपर्ने उनले बताए । कर्मचारीले शासकको जस्तो ब्यवहार गर्ने गरेको भन्दै थापाले सेवकका रुपमा जनताको काम गर्न थापाले निर्देशन दिए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संघ, प्रदेश र स्थानीय सरकारबिच केही न केही तादम्यता नमिलेको बताए । उनले प्रदेश सरकारले नतिजा आउने गरी काम गरेको भन्दै संघीयता कार्यान्वयनका क्रममा यस्ता समस्या देखिने दाबी गरे।
गृहसचिव महेश्वर न्यौपानेले प्रशासन र प्रहरीको सेवा निष्पक्ष हुनुपर्ने बताए । उनले प्रशासन हिजोभन्दा धेरै सुविधासम्पन्न र प्रविधियुक्त बनाइएको भन्दै त्यहीअनुसार जनताको मन जित्नेगरी सेवा पुर्यापउन आग्रह गरे। कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ( रामकृष्ण ), नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले आप-नो भनाई राखेका थिए । प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको स्वागत तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले कार्यक्रम संचालन गरेका थिए ।