१८ फागुन
पर्बत। फलेवास नगरपालिका वडा नम्बर ५ मुडिकुबामा रहेको माटेदेवल माध्यमिक बिद्यालयको ६० औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले स्थापनाको ६० औं वार्षिकोत्सब बिद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिमा बिद्यालयमा बृहत कार्यक्रम गरि मनाएको हो । कार्यक्रमको फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रम पछि बोल्दै शर्माले गुणस्तरिय शिक्षा बिना देश बिकासको कल्पना समेत गर्न नसकिने बताउनु भयो । बिद्यालयमा शिक्षकले र घरमा अभिभाबकले बिद्यार्थिहरुलाई शिक्षामा केन्द्रित गराउनु पर्नेमा उहाँको जोड थियो । समय परिस्थिति अनुसार शैक्षिक अवस्था परिवर्तन भएका कारण शैक्षिक गुरस्तर बृद्वि गर्नु पर्ने बताउँदै उहाँले अहिले सरकारले एक वडा एक प्राविधिक शिक्षाको अवधारणा ल्याएको र अब सबैले प्राबिधक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै फलेबास नगरपलिकाका प्रबक्तmा टिकाराम गौडेलले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले शिक्षकले आफ्नो जागिर धान्न पढाउने र बिधार्थीले बिद्यालयमा शिक्षकले दिएको गृहकार्य मात्रै गर्नले शिक्षामा बिकास हुन नसकेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कमिटि सदस्य देबिप्रसाद बिलासी, बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष धनेश्वर रेग्मी, धुर्ब माबिका प्रअ तुलसी तिबारी, समाजसेबी पुर्णखर गौडेल, बाल मुकुन्द घिमिरे र कृष्ण प्रसाद गौडेल लगायतले बिद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थप शैक्षिक क्षेत्रको प्रगतीका कामना गरेका थिए बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा बिद्यालयका प्रअ राम प्रसाद शर्माले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा स्बागत हरिमाया तिवारीले गर्नुभएको हो भने सञ्चालन बिद्यालयका शिक्षक अर्जुन क्षेत्रिले गर्नुभएको थियो । बिद्यालयमा हाल २ सय १५ बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।