१८ फागुन
ठाकुर रसाईली/पर्वत, शिक्षकको मर्यादित पेसा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ नेपाल शिक्षक संघ महाशिला पर्वतको आयोजनामा दोश्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ ।
शिक्षकहरुको भेलामा बोल्ने वक्ताहरुले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरु पेशागत रुपमा इमानदार र एकताबद्ध भएर लाग्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशव प्रसाद भण्डारीले पहिलो कुरा शिक्षक हरु आफु म गुरु हुँ भन्ने ठानेर आफ्नो काममा दत्तचित्त भएर लाग्न आह्वान गर्नुभयो । त्यस्तै बिचारका आधारमा शिक्षकहरुलाइ दिईने दबाब र भोग्नुपरेका समस्याहरुमा आफू संधै लडिरहने बताउनुभयो । स्थानीय तहहरुमा राजनीतिक बिचारका आधारमा योग्यता नपुगेका कार्यकर्तालाई विद्यालयमा भर्ती गर्ने परिपाटी बढेकाले शैक्षिक गुणस्तरका लागि त्यस्तो कुराको विरुद्धमा लाग्नुपर्ने समेत बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती सचीव अशोक उच्चै ठकुरीले बिगत देखि नै नेपाली कांग्रेस शिक्षकहरुको हकहितमा लागेको स्मरण गर्दै अहिले सरकार अधिनायकवाद तरिकाले अघि बढेको बताउनुभयो ।
नेता ठकुरीले महाशिला गाउँपालिका प्रचारमा मात्रै अघि र स्थानीय जनतालाई अनुभुती हुने बिकास नगरी गाउँपालिका आतंककारी शैलीमा अगाडि बढेको समेत बताउनुभयो ।
नेपाल शिक्षक संघ पर्वतका पुर्व अध्यक्ष कुल प्रसाद उपाध्यायले शिक्षकहरु आफ्नो मनोबल उच्च बनाएर आफ्नो कर्ममा लाग्न आह्वान गर्नुभयो ।
महाशिला गाउँपालिका अध्यक्षका प्रत्यासी उमेदवार उज्ज्वल गुरुङले महाशिला गाउँपालिका एकलौटी तरिकाले अघि जान खोजेको र विपक्षीलाई वास्ता नगरेको बताउनुभयो । नेता गुरुङले गाउँपालिकाको ज्यादती बिरुद्ध बिगत देखि नै आन्दोलन गरेको र आगामी दिनमा पनि कांग्रेसको बिचार लिएको भरमा शिक्षक वा कोही कसैलाई गाउँपालिकाले भेदभाव गर्न खोजे आफू संधै साथमै रहेर प्रतिकार गर्ने बताउनुभयो ।
नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपमहासचिव बिष्णु प्रसाद शर्माले शिक्षक संघमा आबद्ध शिक्षकहरुले शैक्षिक गुणस्तरमा महत्वोपुर्ण योगदान रहेको इतिहास प्रष्ट्याउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकहरुले महाशिला गाउँपालिकाले बिचारका आधारमा शिक्षकहरुलाई विभेद गरेको, योग्यता लाई आधार नमानी राजनीतिक भरमा स्वयंसेवक शिक्षक खटाउने लगायत आफुले भोग्नुपरेका समस्या र सुझाव राखेका थिए ।
कार्यक्रममा महाशिला ५ का वडा अध्यक्ष जिबन उच्चै ठकुरी, नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य बिनोद सुवेदी, नेपाल शिक्षक संघ पर्वतका सचिब यज्ञ बस्तोला, नागेश्वर उपाध्याय, नेपाल तरुण दल पर्वत जिल्ला सदस्य सन्तोष हमाल, नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, शिक्षक संघ प्रतिनिधि भवानी शर्मा, जिल्ला सहसचीव गंगा कुमारी पौडेल अधिकारी, शिक्षक संघ महाशिला अध्यक्ष भिम बहादुर क्षेत्री, जलजला गाउँपालीका अध्यक्ष भवानी शंकर पौडेल, शिक्षक धर्मराज शर्मा, समाजसेवी एक बहादुर हमाल, शिक्षक केशब अधिकारी लगायतले बोल्नुभएको थियोे ।
नेपाल शिक्षक संघ महाशिलाका सभापति भिम बहादुर क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत शिक्षक चेत प्रसाद लामिछने र संचालन शिक्षक धर्म प्रसाद भुसालले गर्नुभएको थियोे ।
सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचीवमा मनोनीत अशोक उच्चै ठकुरी र नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको महिला सहसचीवमा मनोनीत गंगा कुमारी पौडेल अधिकारीलाई सम्मान पनि गरिएको थियो ।









