१४ फागुन
काठमाण्डौ । फिरिरी पात उडेर पर्यो पोखरीमा तिम्रो माया कहाँ पर्यो दिलको टोकरीमा ,चल न माया चल……गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । गित सार्वाजनिक गरेको छोटो समयमै हिट भएको छ । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्बजानिक भएको हो। सामाजिक संजाल टिकटक मा भाइरल भएको यो गीत बिस्तारै रेडियो ,टिभी , वनभोज,दोहोरी साँझ तथा सार्बजनिक सबारीका साधन लगायत बिबिध ठाउँमा अत्याधिक बज्न थालेको छ ।
कृष्ण समीप सुवेदीको नयाँ युट्युब च्यानल बाट अपलोड गरिएको भिडियो अहिले उकालो लाग्दै गर्दा आएका सकारात्मक प्रतिक्रियाले गायक कृष्ण समीप दङ्ग छन । उनी भन्छन गीत क्वलटिमिा विशेष ध्यान पु-र्याउन सक्यो भने गीत अन्तत राम्रो बन्नु का साथै सबैको मनमा बस्न सफल हुने रहेछ ।
चल न माया चल मा नेपाली टिकटक प्रयोग कर्ता मात्र हैन भारतिय मोडल दिब्याले समेत टिकटक बनाइदिएपछी भारतमा अन्यले पनि अत्याधिक सून्न थालेका छन।
गीतमा हरेक चोटि केही न केही नयाँ प्रयोग गर्न रुचाउने कृष्ण समीप बताउछन त्यसै कारण पनि यसपाली देउडा रोजेका छन। गीत को सङ्गीत संयोजन ,भाका निर्माण तथा शव्दमा केही नयाँ र लोक पन झल्काउदै त्यसमा आधुनिकता थप्न खप्पिस सूवेदी चल न माया चल मा थेगोको शैलीमा रिपिटेसन को रुल मा बसेका छन जस्ले गीतको मिठासलाई उत्कृष्ट बनाएको छ ।
बजारमा जस्तो चल्यो त्यस्तै भन्दा पनि मौलिकतामा रमाउन मन लाग्ने बताउने कृष्ण समीप ले बाजागाजा पनि विभिन्न प्रयोग गर्न रुचाउँछन।
यसअघि ‘सिर सिर बतास’, मेरो कल्पनामा आउने मान्छे तिमी’, मनको तिर्खा मेट्न’, माझी दाईको जिन्दगी’ तरकारी काउली,सुन्तालाको बोट,देउराली,मेरा आखामा, जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरु गायका सुवेदीले यसपटक भने लामो समयपछि पुन संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । गीतमा सुदुर पश्चिमी शैली देउडालाई प्रयोग गरिएको र सोही प्रयोग अत्याधिक रुचाईएको छ। यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।
गायक सूवेदी चर्चित कार्यक्रम प्रस्तोता समेत हुन उनले चलाउने इमेज एफ एम को उकाली ओराली र इनसाइड स्टोरी लोकप्रिय कार्यक्रम हुन। जुरेली ले गुडै लायो ऐसेलुको झाङमा अब तिम्ले लैजाउ मलाई पार्बतीको पाङ्गमा चल न माया चल ……भन्दै आफू जन्मेको गाउँको गरिमा अनि पार्बती को जन्म भएको बिषय पनि सम्झिएका छन।
शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्ण खनालले साथ दिएकी छन् । सङ्गीत संयोजन आशिष अबिरलको रहेको गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस. डि.एस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।
भिडियो