१२ फागुन
नवलपरासी । गाडी सिक्ने क्रममा बच्चालाई किचेर मारेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तात्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव सुवेदीलाई पक्राउ गरेको छ । आइतबार विहान गैडाकोटबाट प्रहरीले पक्राउ गरेको हो को छ ।
गएको माघ ७ गते हुप्सेकोटमा ग १ झ ३८९ नम्बरको हुप्सेकोट गाउँपालिकाको सरकारी जीप लिएर सिक्ने क्रममा सो जीपको ठक्करबाट ४ बर्षीय बालक दीप गाहाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ४ जना घाइते भएका थिए ।
प्रशासन शाखाका अधिकृत शिव सुवेदीलाई सवारी ज्यान मुद्दामा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। यसैबीच सवारी दुर्घटनाका विषयलाई लिएर हुप्सेकोट गाउँपालिकामा लागेको ताला खुलेको छ । सुवेदीलाई गैडाकोट प्रहरीले आइतबार विहान नियन्त्रणमा लिएपछि ताला खुलेको हो । स्थानीयले दोषीलाई कारवाही पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च माग गर्दै तालाबन्दी गरेका थिए ।