११ फागुन
क्षत्री समाज पर्वत द्धार प्रवर्धन गरिएको समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा हिजो सम्पन्न भएको छ । २ सय ५० जना भन्दा वढी शेयर सदस्य भएको सहकारीको साधारण सभामा वोल्दै कार्यक्रमका प्रमूख अतिथि क्षत्री समजका जिल्ला अध्यक्ष कृष्ण वहादूर क्षेत्रीले सहकारीको माध्यम द्धारा क्षत्री दाजूभाईको आर्थिक उपार्जन गर्ने माध्यमको रुपमा विकास गर्नु पर्ने वताउनू भयो । सहकारीको माध्यमले समाजका सवै सदस्यहरुको आम्दानीमा वृद्धि गर्ने भएकाले क्षत्रीहरु सवैले शेयर खरिद गर्न आहन गर्नुभयो ।
त्यसै गरि कूश्मा नगरका सहकारी ईन्चार्ज ऋषिराम पौडेलले सहकारीको अन्तराष्ट्रिय सिद्धान्त अनूरुप खुला सदस्यता वितरण गरि संचालन गर्न अनूरोध गर्दै सवैभन्दा ठूलो र राम्रो सहकारीको रुपमा संचालन गर्न सूझाव दिनू भयो ।

कार्यक्रममा सहकारीको हाल सम्मको आय व्याय कोषाध्यक्ष नरेन्द्र वहादूर खत्रीले पेस गर्नुभएको थियो । सहकारीकाके हाल सम्म कूल शेयर रकम १ करोड ४४ लाख २२ हजार र वचत २२ लाख संकलन भएको जनकारी गराईएको थियो ।
क्षत्री समाजका सवै सदस्यहरुलाई सहकारीमा आवद्ध गर्नका लागी असार मसान्त सम्म १० हजारको शेयर खूला गर्ने र सवै पालिकामा सदस्यता विस्तार गरि पर्वतकै सवैभन्दा ठूलो सहकारी निर्माण गर्ने सहकारीका सचिव गणेश वहादूर भण्डारीले जानकारी दिनूभयो ।
उक्त साधारण सभाले मानसिंह भण्डारीको अध्यक्षतामा संचालक समिति चयन गरेको छ । जस्मा उपाध्यक्ष लाल वहादूर खत्री ,सचिव गणेश वहादूर भण्डारी,कोषाध्यक्ष शुवर्ण अर्याल,सदस्यहरु मिना थापा वानिया,सूूस्मीता क्षेत्री,नाराण वहादूर कूंवर,नरेन्द्र वहादूर खत्री,शोभा भण्डारी रहेका छन् । लेखासमितिमा संयोजक गणेश वहादूर क्षेत्री,सदस्य चन्द्र वहादूर क्षेत्री,माया थापा ऋण लगानी उप समितिमा संयोजक मिना थापा वानिया,सदस्य नारायण वहादूर कूंवर र गिर वहादूर भण्डारी रहेका छन् । शिक्षा उप समितिमा संयोजक लक्ष्मी वोगटी क्षेत्री,सदस्यहरु विन्दू जि सी र मिना के सी वानिया रहेका छन् ।
सल्लाहकारहरु क्षेत्री समाजका अध्यक्ष कृष्ण वहादूर क्षेत्री,ज्ञान वहादूर भण्डारी,शिव वहादूर खत्री,सूरेस पि सी,खड्क वहादूर कार्की,सरस्वती भण्डारी रहेका छन् ।

उक्त कार्यक्रमको अध्यक्षता समृद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव गणेश वहादूर भण्डारीले र स्वागत क्षत्री समाजका सचिव तथा लेखा समितिका संयोजक गणेश वहादूर क्षत्रीले गर्नुभएको थियो ।