६ माघ
क्षत्री समाज नेपाल गण्डकी प्रदेश कलाकार समाजको प्रथम अधिवेशनले कलाकार कृष्ण अखेली क्षत्रीको अध्यक्षतामा १५ सदस्य समितिको गठन गरि सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा रवि कार्की, महिला उपाध्यक्ष तारा थापा, उपाध्यक्ष सरस्वती लामिछाने, सचिव सुरज वाग्ले, कोषाध्यक्ष अनिता पन्त, सह–सचिव सुदिप क्षत्री, सह–कोषाध्यक्ष रिता कार्की रहेका छन् । सदस्यहरुमा पार्वती क्षत्री, सुमन के।सी।, रमेश कार्की, रिना के सी, नारायण क्षत्री र दिपक कार्की रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रिय अध्यक्ष प्रा डा दिल बहादुर क्षत्रीले समाजलाई सक्रिय र क्षत्रीको माग मुद्धाका लागि कलाकारको भुमिका महत्वपूर्ण हूने भएकाले सक्रिय रहनुपर्ने बताउनू भयो । समाजलाई रुपान्त्रण गर्नका लागी र मनोरन्जन प्रदान गर्नका लागी कलाकारको महत्वूर्ण भुमिका भएकाले क्षत्री समाजले उठाएका केन्द्रिय तथा जिल्ला स्तरका मूद्दाहरु जनता सामू पुयाउनका लागी कलाकारको भुमिकालाई सकृय वनाएर लानूपर्नेमा जोड दिनू भयो । केन्द्रीय महासचिव केशबहादुर के सी ले संगठनको बारेमा बताउनु भएको थियोे ।

समाजका गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष बम बहादुर पाण्डे, सचिव लक्ष्मी अधिकारी, कास्कीका अध्यक्ष पदम बहादुर कार्की, कलाकार समाजका केन्द्रिय सदस्य राजन कार्की लगायतले आ–आफ्नो धारण राखेका थिए ।