६ माघ
पर्वत । पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको छैठौ पर्वत महोत्सवले पर्वतको आर्थिक समृद्धि र पर्वतको पर्यटनलाई पहिचान गराउने पर्वत कांग्रेस सभापती खिम प्रसाद भूषालले वताउनू भएको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि महत्वपुर्ण भूमिका खेल्ने वताउनू भएको छ ।

उहांले पर्वतवासी सवै दाजूभाई दिदिवहिनीहरुले महोत्सवमा आई अवलोनक गर्न आग्रह गर्नु भएको छ । माघ ९ देखी १९ सम्म पर्वतको सदरमूकाम कूश्मामा आयोजन गर्न लागिएको महोत्सवले पर्वत उद्योग वाणिज्य संघले लिएको उद्धेश्य पूरा गर्ने विस्वास व्यक्त गर्दै पर्वत महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।