६ माघ
पर्वत । छैठौ पर्वत महोत्सवको अवलोकनका लागी कूश्मा नगर प्रमूख रामचन्द्र जोशीले सवैलाई आग्रह गर्नूभएको छ । माघ ९ देखी १९ सम्म पर्वतको सदरमूकाम कूश्मामा आयोजन ागर्न लागिएको महोत्सवमा देश विदेशमा रहनूहूने सवैलाई एकपटक महोत्वसमा उपस्थित भएर स्थानिय उत्पादन र परिकारको स्वाद लिन आग्रह गर्नुभएको छ ।
पर्वत उद्योग वाणिज्य संघले गण्डकी प्रदेश स्तरिय १० दिने महोत्सवको आयोजना गरेको छ । उक्त महोत्सवमा पर्वतमा अवस्थित एशियाकै अग्ला झोलुङ्गे पूलहरु,विश्वर्क दोश्रो वन्जिजम,यन्त्रिक पूल,दुर्लुङमा अवस्थित क्यानोनिङको अवलोकन गर्न पनि आह्वान गर्नूभएको छ ।
महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि महत्वपुर्ण भूमिका खेल्ने भन्दै पर्वत महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।