२० पुस
पर्वत । लायन्स क्लव अफ भूमेकोटको आयोजनामा निशूल्क आंखा शिविर सम्पन्न भएको छ । फलेवास नगरपालिका वडा नं. ११ पाङराङमा २ दिने शिविर सम्पन्न भएको हो । पुस १८ देखी शूरु भएको उक्त शिविर वाट ४०७ जनाले सेवा लिएका छन् । पर्वतको विकट स्थान पाङराङमा वाग्लूङ वाट पनि सेवा लिन सेवाग्राहीहरु आएका थिए । विरामी मध्ये केहि जटिल देखिएका १७० जना विामीलाई चस्मा हस्तान्तरण गरिएको थियो ।

उक्त शिविरको फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले शुभारम्भ गरेका थिए । कार्यक्रममा फलेवास नगरपालिकाका उप प्रमूख मन्जू अधिकारी,अखिल नेपाल प्रवासी संघका खगेन्द्र भट्टराइ,पदमराज कूवर,लायन्स क्लव अफ भूमेकोटका अध्यक्ष नवराज भण्डारी,तृतिय उपाध्यक्ष ज्ञानेन्द्र कूमार जोशी,लायन्स लिडर सरस्वती भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त शिविरमा हिमालय आंखा अस्पताल पोखरा र अखिल नेपाल प्रवासी संघले सहयोग गरेको थियो । शिविरमा हिमालय आंखा अस्पतालका डा शौरभ वानिया,डा सूदर्शन पौडेल र वरिष्ठ मूटूरोग विशोषज्ञ डा अनिल भट्टराईले सेवा प्रदान गरेका थिए ।









