१९ पुस
काठमाडौं । गायक रामकृष्ण ढकाल र निलम शाह ढकाल बीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेका छन् । भैसेपाटी स्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् । बुधबार औपचारिक डिभोर्स भए पनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैको चासो बढेको छ ।

ढकाल केही समययता ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने देखिएको छ । घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन। ढकालले आफू विदेश जान नचाहेको र पत्नीले जाने इच्छा गरेको विषय समेत सम्बन्ध बिच्छेदको कारण भनेका छन् ।

यसबाट उनले आफूलाई राष्ट्रवादी देखाएर लोकप्रीयता बटुल्न खोजेका छन् । १७ वर्ष लामो वैवाहिक जीवनमा पूर्ण विराम लगाउँदै गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध बिच्छेद गरेका हुन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा पारपाचुकेको मुद्दा दायर गरी बुधबार अदालतले सम्बन्ध बिच्छेदको फैसला गरेको थियो । चितवनको हात्ति महोत्वसमा ढकाल दम्पती र छोरी संगै देखिएका छन् । थप भिडियोमा हेर्नुहोस…