१३ पुस
पर्वत । पर्वतको कुश्मामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ७ सय १८ जनाको मृगौला परिक्षण गरिएको छ । कुश्मा नगरपालिका, पर्वत कुश्मा समाज, लायन्स क्लव अफ काठमाडौं नर्थवेष्टको आयोजना, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिने शिविरमा बिरामीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा आएर मृगौलाको समस्या भएका र शंकास्पद विरामीहरुले समेत जाँच गरेका हुन् ।
जाँच गरेको मध्ये ३४ जनालाई मृगौला संवन्धि समस्या देखिएको छ । समस्या भएकाहरुलाई थप जाँच गर्नका लागि सिफारिस गरिएको छ ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिविरको उद्घाटन गर्दै नेपालमा मृगौला रोगी वढेकाले त्यसको वेलैमा जांच गर्नु पर्ने वताउनू भयो । समयमा नै जांच गर्नाले थप जटिलता वाट वच्न सक्ने उहांको भनाई थियो । धेरै मान्छेहरु रोग लागेपछि मात्रै अस्पताल धाउने गरेको बताउँदै जोशीले रोग लागेको वा नलागेको भन्ने बारेमा बेलाबेलामा परिक्षण गर्दा उपचारमा हुने खर्च जोगिने वताउनू भयो ।

कार्यक्रममा डा कल्पना श्रेष्ठ,डा सुमित आचार्य,डा विद्या साहि,डा प्रविन पौडेल,डा अच्यूत खनाल,डा अनिल पाण्डे सहभागी भएर परिक्षण सेवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता कूश्मा समाज काठमाडौंका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको र संचालन लायन्स वद्री नारायणले गर्नु भएको थियो ।