२७ मंसिर
सचिन्द्र श्रेष्ठ,सफल मोडल तथा निर्देशक प्रेम थापा फेरि अर्को नया कोसेलि बजारमा ल्याएका छन। पहिलो पटक प्रविशा अधिकारी र रामजी खाँणको आवाजमा बोली झर्के छुको लोक गीत सार्बजनिक भएको छ। उक्त गीतमा रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण छायांकन रमणीय चितवनको नारायणी नदीमा खिचिएको छ ,सो गीतलाई करण चैसिएरले उत्कृष्ट ढंग ले खिचेका छन। भावना पराजुली र दामन्ती पराजुलीको प्रस्तुति रहेको बोली झर्के छुलाई कृष्ण भान्जा को एरेन्ज नबीन घर्ती मगरको सम्पादनमा कल्चर मीडियाले पोस्ट प्रोडक्शन गरेको छ।
युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको गज्जब को अभिनय देख्न सकिन्छ । सो गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्टले आफ्नो यूट्यूब च्यानल मार्फत बजार मा निकालेको हो।
भिडियो सहित