२६ मंसीर
पर्वत । क्षत्री समाज पर्वत द्धारा प्रवर्धन गरिएको समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा संचालन गरेको छ । फलेवास नगरपालिका वडा न २ थापाठानामा एक दिने सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । क्षेत्रीहरुको आर्थिक उन्नती र समृद्धिमा सहयोग पू-याउनका लागी संचालनमा ल्याईएको उक्त सहकारीको सहकारी शिक्षामा अधिकांस सहभागीहरुले शेयर,वचत,लगानी असूली संवन्धमा जिज्ञासा राखेका थिए । वगाले थापा क्षेत्रीहरुको उल्लेख्य उपस्थिति रहेको थापाठानामा क्षत्री समाजको वारेमा पनि अन्तरकृया भएको थियो ।

हाल कूश्मा नगरपालिकामा दर्ता भए पनि सहकारीको ७ वटै पालिका वाट स्वीकृत लिई सेवा विस्तार गर्ने गरि संचालना ल्याएको छ । समृद्ध वचत तथा ऋण सहकारी पर्वत जिल्लाका सवै क्षत्रीदाजूभाईहरु सहकारीमा शेयर लिन सक्ने सहकारीका अध्यक्ष मानसिंह भण्डारीले वताउनू भयो । न्यूनत १०० रुपैयाको १०० थान र वढिमा ५००० थान सम्म शेयर खरिद गर्न सक्ने वताउदै यहि मंसीर मसान्त सम्म शेयर खूला गरिएको जानकारी गराउनू भयो ।

उक्त प्रशिक्षण भेलाको अध्यक्षता समृद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारी र संचालन क्षत्री समाजका जिल्ला सचिव गणेश वहादूर क्षत्रीले गर्नुभएको थियो ।
भेलामा वगाले थापा समाज थापाठानाका अध्यक्ष थमनसिंह थापाले क्षत्री समाज पर्वतले संचालनमा ल्याएको सहकारीले क्षत्री दाजूभाईहरुको आत्मियता विकासका साथै आर्थिक समृद्धिमा सहयोग पू-याउने भएकाले सवैलाई शेयर रकम जम्मा गर्न आग्रह गर्नु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रमा क्षत्री समाजका उपाध्यक्ष तथा समृद्ध वचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष मानसिंह भण्डारी,क्षत्री समाजका सचिव गणेश वहादूर क्षेत्री,क्षत्री समाजका सदस्य तारा वहादूर थापा, वगाले थापा समाजका अध्यक्ष थमन वहादूर थापा, सहकारीका व्यवस्थापक सावित्री न्यौपाने मिश्र,समाजका सकृय सदस्य चित्र वहादूर थापा लगायतको उपस्थिति रहेको थियो ।