२५ मंसीर
पर्वत । क्षत्री समाज पर्वत द्धारा प्रवर्धन गरिएको समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा संचालन गरेको छ । कूश्मा नगरपालिकामा दर्ता भई संचालनमा आएको उक्त सहकारीको आज कूश्मा नगरपालिका वडा नं ९ कटूवाचौपारीमा सहकारी शिक्षा संचालन गरेको हो । क्षेत्रीहरुको आर्थिक उन्नती र समृद्धिमा सहयोग पू-याउनका लागी संचालनमा ल्याईएको उक्त सहकारीको सहकारी शिक्षामा अधिकांस सहभागीहरुले शेयर,वचत,लगानी असूली संवन्धमा जिज्ञासा राखेका थिए । कूनपा ९ मा अवस्थित क्षत्रीसमूदायको उपस्थिति रहेको थियो ।

कूश्मा नगरपालिकामा दर्ता भए पनि सहकारीको ७ वटै पालिका वाट स्वीकृत लिई सेवा विस्तार गर्ने क्षत्री समाजका अध्यक्ष कृष्ण वहादूर क्षत्रीले जानकारी गराउनू भयो । पर्वत जिल्लाका सवै क्षत्रीदाजूभाईहरु सहकारीमा शेयर लिन सक्ने वताउनू भयो । न्यूनत १०० रुपैयाको १०० थान र वढिमा ५००० थान सम्म शेयर खरिद गर्न सक्ने वताउदै यहि मंसीर मसान्त सम्म शेयर खूला गरिएको जानकारी गराउनू भयो ।

उक्त प्रशिक्षण कार्यक्रमा क्षत्री समाजका उपाध्यक्ष तथा समृद्ध वचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष मानसिंह भण्डारी,क्षत्री समाजका सचिव गणेश वहादूर क्षेत्री,क्षत्री समाजका सल्लाहकार फलेवास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अर्जून वहादूर कार्की,उपाध्यक्ष लाल वहादूर खत्री, कूश्मा न पा वडा नं ९ का वडा सदस्य विन्दू पौडेल क्षत्री सहकारीका व्यवस्थापक सावित्री न्यौपाने रोका,लगायतको उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण भेलाको अध्यक्षता क्षत्री समाजका जिल्ला अध्यक्ष कृष्ण वहादूर क्षत्री र संचालन सचिव गणेश वहादूर क्षत्रीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सवैलाई स्वागत समृद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारीले गर्नु भएको थियो ।

उक्त भेलाले राजवावू पि सी संयोजकत्वमा क्षत्री वडा समाज गठन गर्नका लागी ३ सदस्यीय समिति गठन गरेको छ । सदस्यमा विन्दू पिसी र वूलेन्द्र वहादूर पिसी रहनू भएको छ । उक्त समितिले छिटै वडा समिति गठन गर्ने भेलाले जिम्मा दिएको छ ।