२४ मंसीर
काठमाडौं। तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ। नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए। पहिलो हाफमा नेपालले केही राम्रा अवसरहरुको सृजना गरेको भए पनि गोल गर्न भने सकेको थिएन।

खेलको ३७औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। चेन्चोको स्पिड र सटिक प्रहारलाई नेपाली रक्षापंक्ती र किपरले रोक्न सकेको थिएन। भुटानले पनि केही राम्रा आक्रमणको प्रयास गरेको भए पनि नेपाली रक्षापंक्तीका खेलाडीहरु रोकेका थिए।

दोस्रो हाफको सुरुवातमा दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। भुटान केही आक्रमक देखिएको थियो भने नेपाली टोलीले काऊण्टर आक्रमण गरेका थिए। खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।