१७ मंसीर
कूश्मा नगरपालिका वडा नं. २ खुर्कोट नेपाली कांग्रेस वडा समितिको आयोजनमा नेपाली कांग्रेसका कृयाशिल निडर सदस्य एक वहादूर क्षत्रीको संझनामा श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्वर्गिय एक वहादूर क्ष्षेत्रीको नवौ दिनको पुण्य तिथिमा सम्पन्न सभामा वोल्ने अधिकांस वक्ताहरुले उहाले समाजमा गरेका योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा कुश्मा नगरका उप प्रमूख सीता काप्ले लामिछानेले स्वर्गिय एक वहादूर पौडेल क्षेत्रीले पार्टीमा गरेको योगदान तथा समाजमा गरेको योगदानको वारेमा उच्च प्रशंसा गर्नु भएको थियो । उहांको भौतिक शरिर मरेर गए पनि आत्मा नेपाली कंग्रेसको मन मूटूमा रहेको वताउदै उहा सधै अमर पूरुषको रुपमा रहने वताउनू भयो । समाज र पार्टिका लागी निडर र शाहसिक तरिकाले कार्य गरेको स्मरण गर्दै परिवारले त एउटा असल पूरुष गूमाएको छ नै त्यो भन्दा वढि नेपाली कांग्रेसले एउटा कूशल संगठक गूमाएको धारणा व्यक्त गर्दै उहाले पार्टि र समाजलाई गरेको योगदान अविस्मरणीय रहने वताउनू भयो ।

कार्यक्रममा कूश्मा नगरपालिका वडा नं २ का वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोला,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतले शोक मन्तव्य व्यक्त गर्नूभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासू,कूश्मा नगरपालिका वडा नंं २ का महिला सदस्य शान्ति शर्मा कूमाल,पूर्व जिल्ला सदस्य द्रोणराज पौडेल,हिमालय उच्च माविका प्रध्यानध्यापक माधव रेग्मी लगायत नेपाली कांग्रेसका कृयाशिल शुभेक्षूक सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस वडा नंं २ का सहसंयोजक छत्रराज रेग्मीको अध्यक्षता तथा संचालन नेपाली कांग्रेस वडा नं. २ का उपाध्यक्ष कल्याण सूवेदीले गर्नु भएको थियो ।

स्वर्गिय एक वहादूर क्षेत्रीका २ छोरा,वुहारी, १ श्रीमती र एक छोरी रहेका छन् । उहांको जन्म २००९ साल माघ १० गते भएको थियो भने स्वार्गाहोरण २०७६ मंसीर १० गते भएको थियो ।