१७ मंसीर
बडीगाड गाउपालिका ७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको छ । गुल्मी ईस्माबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईले जानकारी दिए ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यु भएको छ र ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको एसपी भट्टराईले बताए । अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । जीपमा १८ जना सवार थिए । थपविवरण आउन बाँकी ।