१६ मंसीर

रसुवा — गोसाइकुण्ड गाउँपालिका– २ टिमुरेमा भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् ।सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

खानेपानीको पाइप मर्मत गर्ने क्रममा करिब ४ बजे तिर भालुको आक्रमण उनिहरु घाइते भएका थिए । भालुको आक्रमणबाट जिल्लाको नौकुण्ड गाउँपालिका–४ का सहायक हवलदार बीरबहादुर थिङ र नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ का प्रहरी जवान किरण तामाङ घाइते भएका छन् ।

बीरबहादुर थिङको टाउकोमा चोट लागेको छ । उनी गम्भिर घाइते भएका छन् । घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।