१५ मंसीर

पोखरा ।  प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका प्रतिपर्धी खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छन् । पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि छन् ।

भने नेपाली कांग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् । सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिको वडा नं ३३, २१, १७ र २० को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकोमा अहिलेसम्म ती चार वडाका गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।