३० असोज
क्यान्सर जटिल प्रकृतिको रोग हो । त्यसमा पनि रक्त क्यान्सरलाई अझ भयावह रुपमा लिइन्छ । नेपाली समाजमा रक्त क्यान्सर भयो भने यसको उपचार नै हुँदैन र बिरामीको तुरुन्त मृत्यु हुन्छ भन्ने सोच । तर समयमै रोग पहिचान भए सबै प्रकारका क्यान्सर निको हुने बताउँछन रक्त रोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. अमित श्रेष्ठ । रक्त क्यान्सरबाट बच्ने उपायका बारेमा डा. श्रेष्ठको भनाई यस्तो छ :
रगतमा रहेका आरबिसी र डब्लु बिसी कोषिकाहरू अनियन्त्रित रुपले बढ्नु नै रक्त क्यान्सर हो । रक्त क्यान्सर भए नभएको एकिन गर्ने बोनम्यारोको परीक्षण गर्नुपर्छ ।
रक्त क्यान्सरको प्रमुख कारण:
– अव्यवस्थित खानपान ।
– बिलासी जीवनशैली ।
– धुम्रपान, मध्यपान ।
– रसायनयुक्त वातावरणमा धेरै समयसम्म बस्नु
– आणविक युद्धबाट निस्कने धुँवाधुलो
– वातवराणीय प्रदुषण ।
– वंशाणुगत कारण ।
लक्षण :
– रगतमा हेमोग्लोबिनको मात्रा कम हुने ।
– शरीरमा निला नीलडाम टाटाहरू देखिने ।
– कुनै पनि रोग लागेपछि छिटो निको नहुने ।
– चोटपटक लागेमा रगत नरोकिने ।
– नाक, मुख, गिजाबाट रगत बग्ने ।
– शरीरका विभिन्न भागका संक्रमण हुने ।
यस्ता व्यक्तिलाई रक्त क्यान्सरको उच्च जोखिम
– पहिले नै केमोथेरापी लिएका व्यक्ति ।
– विकिरणयुक्त स्थानमा लामो समय काम गर्ने र बस्ने व्यक्ति ।
– बेन्जिन नामक केमिकल प्रयोग गर्ने व्यक्ति ।
– बच्ने उपाय बेन्जिन केमिकलको प्रयोग नगर्ने ।
– स्वच्छ वातावरणमा बस्ने ।
– सधै स्वस्थ र सन्तुलित खाना खाने ।
– स्वस्थ व्यक्तिले पनि वर्षको एक पटक रगत परीक्षण गराउने ।
– कुनै पनि शंका लागे तुरुन्त अस्पताल जाने ।
बिरामीले ध्यानु पर्ने कुरा
– चिकित्सकको सल्लाह बमोजिम खानपान गर्ने ।
– विशेष गरी काँचो खानेकुरा, जंंगफुड, केमिकल मिसिएको खाना नखाने ।
– औषधिको प्रयोग चिकित्सकले भने बमोजिम गर्ने ।
– चिकित्सकको सल्लाहा बमोजिम रगत तथा स्वास्थ परीक्षण गराउने । हाम्रो डक्टर न्यूज वाट









