१९ आश्विन

कास्की । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, कुश्मा पर्वत र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लि।पोखरा कास्कीले शुक्रवार एक आपसमा गाभ्ने र गाभिन ९मर्जर० सम्वन्धि सहमतीपत्र गरेका छन् । नेष्डो समृद्ध नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको कारोवार गर्न इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा नेपालका १७ जिल्लामा कार्यरत रँदहै आएको छ । यसै गरी नेपाल एग्रो “घ” वर्गको कारोवार गर्न इजाजत प्राप्त प्रदेश स्तरीय संस्था हो । नेष्डो समृद्ध गाभ्ने संस्थाको रुपमा र नेपाल एग्रो गाभिने सस्थाको रुपमा रहेका यि दुवै संस्थाको मर्जर प्रक्रिया पुरा भए पश्चात वन्ने एकिकृत संस्थाको नाम नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड नै रहनेछ । संस्थाको केन्द्रिय कार्यालय पोखरा उपमहानगरपालिका, वडा नं। १७ मा रहने सहमतीमा उल्लेखित छ । सहमती वमोजिम एकिकृत संस्थाको सञ्चालक समितिमा ५ जना रहने छन् । सो मध्ये अध्यक्ष सहित ४ जना नेष्डो समृद्धवाट र १ जना सञ्चालक नेपाल एग्रोवाट प्रतिनिधीत्व हुनेछ भने हाललाई नेपाल एग्रोका प्रमुख कार्यकारी अधिकृतलाई एकिकृत संस्थामा निरन्तरता दिईने सहमती भएको छ ।

नेष्डो समृद्धको हालै जारी गरेको हकप्रद शेयर समेत १७ करोड ५० लाख पुँजी कायम गरिएको छ भने र नेपाल एग्रोको वोनस शेयर समेत ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ समेत गरी मर्जर पश्चात नेष्डो समृद्धको चुक्तापुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय कायम हुनेछ । संस्थापक तथा सर्वसाधारणको शेयर अनुपात ७० र ३० प्रतिशत कायम राख्ने सहमती वमोजिम नेपाल एग्रोको सर्वसाधारणमा शेयर वितरण भै सकेकोले उल्लेखित अनुपात अनुसारको रकम मात्र पुनः एफपिओ जारी गरी सर्वसाधारणवाट शेयर संकलन गरिने सहमतीमा उल्लेख छ । यसरी एकिकृत कारोवार शुरु गरे पश्चात प्रचलित कानूनी प्रक्रिया पुरा गरी सर्वसाधारणवाट शेयर संकलन गरे पश्चात संस्थाको कुल चुक्ता पुँजी ३० करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पु-याउने संझौतामा उल्लेख छ ।

दुवै संस्थाको वर्तमान अवस्थालाई एकिकृति गर्दा जिल्ला संख्या २२ गोटा, शाखा संख्या ८२ गोटा, आवद्ध सदस्य संख्या ९८ हजार, कर्जा लिने सदस्य ५८ हजार , लगानीमा रहिरहेको कर्जा ४ अरव १ करोड एवम् कुल निक्षेप २ अर्व ४ करोड रहने संयुक्त मर्जर समितिका संयोजक सावित्री खत्री क्षेत्रीले वताउनु भयो ।
समझदारीपत्र हस्ताक्षर समारोह नेष्डो समृद्धका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई एवम् नेपाल एग्रोका अध्यक्ष रमेश कर्मचार्यको संयुक्त अध्यक्षता, नेपाल एग्रोका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र लम्सालको स्वागत एवम् नेष्डो समृद्धका लघुवित्त सल्लाहकार विश्ववन्धु प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।