२ असोज
पर्वत । पर्वत जिल्लामा संविधान दिवस २०७६ को अवसरमा मैत्रीपूर्ण फूटवल सम्पन्न भएको छ । समन्वय समिति संयोजक भर्सेस प्रमूख जिल्ला अधिकारीको टोली विच शसस्त्र प्रहरी चण्डीका गणको मैदानमा सम्पन्न भएको छ । प्रमूख जिल्ला अधिकारीको टोलीले ४ गोल सहित विजयी भएको छ । ४ गोलका विरुद्ध समन्वय समिति संयोजकको टोलीले कूनै पनि गोल गर्न सकेन । १ घण्टा समय निर्धारण गरि खेलाइएको खेलमा राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि,नागरीक समाज,संचारकर्मी,कर्मचारीहरुको सहभागीता रहेको थियो ।
मैत्रीपूर्ण फूटवल खेल रोमान्चक तरीकाले सम्पन्न भएको थियो । खेल शूरु भएको २ मिनेटमा प्रमुख जिल्ला अधिकारीको टोलीले गोल गदै खेललाई अगाडी वढाएको थियो । पहिलो गोल जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनराज रायमाझीले गर्नु भएको थियो ।


आज भएको मेत्री पूर्ण खेलमा जिल्ला समन्वय समितकिा संयोजक मनोहर वि पौडेल,कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,फलेवास नगरपालिकाका मेयर पदमपाण्ी शर्मा,जिल्ला न्यायधिस सूर्य वहादूर थापा,प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,प्रहरी नायव उपरिक्षक श्यामू अर्याल,निमित्त सरकारी वकील स्वतन्त्र न्यौपाने,पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी,उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतका खेलाडीहरु मैदानमा उत्रेका थिए । फूटवल खेल प्रतिस्प्रर्धात्मक रुपमा संचालन भएको थियो ।


उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय प्रमूख मनोहर वि पौडेलले र संचालन सहायक प्रमूख जिल्ला अधिकारी अमृत सूवेदीले गर्नुभएको थियो ।


पर्वतमा संविधान दिवश मनाउने क्रममा आज जिल्ला अस्पतालको परिसरमा सरसफाई सम्पन्न भएको छ । वेलूका ४ वजे मैत्री पूर्ण फूटवल सम्पन्न भएको छ । कार्यालय घरघरमा वेलूका दिप प्रज्वलन भएको छ । भोली विहान जिल्ला प्रशासन कार्यालयको परिसर वाट ७ वजे प्रभातफेरी कार्यक्रम संचालन गरि शहिद गोविन्द नाथको शालिकमा माल्यर्पण गरि जिल्ला समन्वयको सभाहलमा कार्यपत्र पेश गरि अन्तरकृया कार्यक्रम संचालन गर्ने जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले जानकारी गराउनू भयो । ४ गते विहान जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरि सशस्त्र प्रहरी गणको हाता भित्र वृक्षारोपाण गरिने प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनू भयो ।