२७ भदौ
पर्वत । पर्वत जिल्लामा डेङ्गो रोगको वारेमा संचारकर्मी विच अन्तरकृया सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको उक्त कार्यक्रममा डेङ्गोे रोगको वारेमा अभिमूखिकरण गरिएको छ । संचारकर्मीहरुलाई आमन्त्रण गरि गरिएको अन्तरकृयामा संचारकर्मीले रोगको वारेमा छलफल गरेका थिए ।
डेङ्गो रोग लामखुट्टेको टोकाईको कारणले सर्ने सरुवा रोग भएको जानकारी गराईएको थियो । जहां लामखुट्टे तेहा डेङ्गो भन्ने रहेको छ । यस्को मूल कारण लामखुट्टेको टोकाई भएको कारण डेङ्गो वाट संक्रमित लामख्ट्टे वाट जोगिनू नै डेङ्गो रोग वाट वच्नू रहेको वताईएको थियो ।

डेङ्गो रोगका लक्षणहरु उच्च ज्वरो आउने,जिउ दूख्ने,आंखा चिलाउने रुघा लाग्ने,वान्ता आउने,खाना खाना मन नलाग्ने,छालामूनी रगत जमेको जस्तो देखिने आदी रहेका छन् ।
यस रोग वाट वच्नू एउटा मात्र उपाय डेङ्गो सक्रमित लामखुट्टेको टोकाई वाट वच्नू हो । पानी जम्ने खाल्डाखूल्टीको सरसफाई,लामखुट्टे भगाउने विभिन्न उपायहरु रहेका छन् ।
पर्वत जिल्लामा डेङ्गो रोगको भयाभह स्थिति नरहेको पर्वत जिल्ला अस्पतालका निमित्त सूपरीटेण्डेन शिशिर देवकोटाले वताउनू भयो । हाल जिल्ला अस्पतालमा १ जना डेङ्गोको विरामी रहेको जानकारी दिदै उहांले सवै सचेत हून आग्रह गर्नु भयो ।
पर्वत जिल्ला वाट अन्यत्र गएका १९ जनालाई डेङ्गो रोग लागेको र गण्डकी प्रदेश भरी १२ सय ७३ जनालाई डेङ्गो रोग लागेको जानकारी गराउनू भयो ।
कार्यक्रममा डा विष्णू भण्डारीले पर्वतमा अकष्मिक सेवा प्रदान गर्नका लागी स्वास्थ्यकर्मीको टोली गठन भएको जानकारी गराउदै जिल्ला अस्पतालमा निशूल्क डेङ्गो रोगको परिक्षण थालिएको जानकारी गराउनू भयो ।
सवै ज्वरोका विरामीहरु डेङ्गोका विरामी नभएकाले ज्वरो आउदैमा नआत्तिन सवैलाई आग्रह गर्नु भयो । पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा सचेतनामूलक अभिमूखिकरण कार्यक्रम गरिन लागिएको र ३ वटा स्थानिय तहमा सम्पन्न भएको कार्यक्रम अधिकृत प्रविन भण्डारीले जानकारी गराउनू भयो ।
उक्त डेङ्गो रोग संग सम्वन्धित अभिमूखिकरण कार्यक्रमको संचालन फोकल प्रर्सन तेज प्रसाद शर्माले गर्नु भएको थियो ।