२५ भदौ
पर्वत । नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण अभियान पर्वतमा शुरु भएको छ । जननायक बिपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान शुरु भएको हो । बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको जिल्ला व्यापीरूपमा शुभारम्भ गरिएको छ ।
देविस्थानमा भएको अभियानको उद्घाटनलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले दोस्रो चरण जागरण अभियानले पार्टीलाई मजबुत बनाउन सहयोग पुग्ने जिकिर गर्नुभयो । पहिलो चरण जागरण अभियान पनि उत्सहपूर्वक सम्पन्न भएको बताउँदै दोस्रो चरण कार्यक्रममा पनि जनताको उत्ससपूर्वक सहभागिता हुने बताउनु भयो । गाउँमा काङ्ग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताउनुभयो । केन्द्रका नेतालाई मिल्न आग्रह गर्दे कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गर्नुभयो ।”


काङ्ग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो । सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी भन्दा परिश्रमीलाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठले बोल्दै देशलाई सही बाटोमा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनु भयो । काँग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र सामुहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउने जस्ता कार्य गर्ने बताउँदै श्रेष्ठले कम्युनिष्टका बिरुद्ध एक ढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताउनु भयो । उहाँले यो अभियान मुलुक र जनताको हितमा समर्पित भएकाले अभियानमा सहभागी भइदिन र सहयोग गर्न आह्वान समेत गर्नुभयो ।


कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, खगेन्द्रप्रसाद तिवारी, राधाकुमारी कुवँर क्षेत्रीले दुई तिहाईको सरकार जनतामुखी भन्दा कार्यकर्तामुखी बढी भएको आरोप लगाउनु भएको थियो । प्रदेश ख का सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य महासमिति सदस्य गंगाधर तिवारीले राख्नुभयो भने स्वागत मन्तव्य नेपाली काँग्रेस फलेवास नगरसमितिका संयोजक हिरामणि सापकोटा र कार्यक्रमको संचालन क्षेत्रिय सचिव धर्म भुषालले गर्नुभएको थियो ।
यता प्रदेश क को जागरण अभियान पर्वतको कुश्मा नगरपालिका स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसवाट शुरु गरिएको छ ।


क्याम्पसको प्राङगढमा १ सय ६ वटा विभिन्न प्रजातिका विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले जागरण कार्यक्रममा नेपाली काँग्रेस नयाँ उर्जा प्रदान गर्ने बताउदै उनले एकताको सन्देश गाउँमा पुग्ने र गाउँका समस्या केन्द्रमा पु-याउने गरि कार्यक्रम देशैभरि शुरु भएको बताउनु भयो ।


उहाँले अहिले दुई तिहाई वहुमतको सरकारले संसदमा जनताका आवाज सुन्न नचाहेको र जनताका आवाज बोल्ने प्रतिपक्षी साँसदको मुख थुन्ने काम गरेको भन्दै आपत्ती जनाउनु भयो । नेता खड्काले पर्वतमा काँग्रेसको राम्रो एकता रहेको र जनतामा काँग्रेसप्रति ठूलो भरोसा रहेको भन्दै जनताका हरेक दुखमा साथ दिँदै पार्टिलाई सहि दिशा दिन जिल्लाका नेताहरुलाई सुझाव दिनुभयो । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले दोस्रो चरणको जागरण अभियानले गाउँ गाउँका जनताका सुखदुख बुझेर अगाडी बढ्न मद्दत पुग्ने बताउनु भयो । उहाँले पार्टिको यो अभियान ऐतिहाँसिक अभियान रहेको बताउँदै यो अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उपमेयर सिताकाफ्ले लामिछाने लगायतले बोल्नुभएको थियो ।


क्षेत्रिय सचिव कृष्णप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत कोषाध्याक्ष रमेशबल मल्ल र संचालन अर्का सचिव कमल अधिकारीले गर्नुभएको थियो ।
प्रदेश क को जागरण अभिायन अन्तरगत जलजला गाउंपालिका वडा हरु १,२,३ र ४को जलजला ३ मा २५ गते,जलजला ५ र ६ को २६ गते जलजला पार्टिकार्यालयमा, जलजला ७,८ र ९ को जलजला ८ फर्सेमा संचालन गर्ने । त्यसै गरि मोदी गाउपालिकामा २९,३० र ३१ गते कार्यक्रम संचालन गर्ने र कूश्मा नगरपालिका अन्तरगत असोज २ गते पाङ मा र ४ गते आर्थरमा कार्यक्रम संचालन गर्ने क्षेत्रिय सचिव कमल अधीकारीले जानकारी दिनू भयो ।  प्रदेश ख मा त्यसै गरि अभियान संचालन गर्ने गरि कार्यतालिका तयारी गरेको छ ।
दोश्रो चरणको जानजागरण अभियान असोज ७ गते जिल्ला स्तरमा सरकारले गरेका वाईवढी काण्ड,निर्मला हत्या काण्ड,प्रेसलाई अंकूश लागाउने र विभिन्न निकायमा भएका भ्रष्टाचारको भण्डाफोरका लागी विरोध कार्यक्रमको आयोजना गरि समापन गरिने पार्टी सभापती खिम प्रसाद भूषालले जानकारी दिनू भयो ।