१६ भदौ

काठमाडौं । प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो ।

भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।