१४ भदौ

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु , इलाका प्रहरी कार्यालय बाट खटिएको मोबाइल टोली ले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट १९ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २८५० चल्ला बरामद गरेको छ।

बरामद गरिएको चल्ला लाई सुरही खोला मा स्थानीय, पशु क्वारेनटाइन का प्रतिनिधि लालमणि आर्यावर्त, प्रहरी, पत्रकार आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ।

जस्को अनुमानित मुल्य १ लाख सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।