१२ भदौ
पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर गत साउन ३१ गते मृत्यु भएका दुई जनाको हिजो १३ औं दिनमा श्रद्धान्जली सभाको आयोजना गरेका छन् । क्षत्री समाज महाशिलाका अध्यक्ष कृष्ण वहादूर क्षेत्रीको आयोजनामा उक्त कार्यक्रम भएको थियो । विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको थियो । भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका थिए ।

उक्त श्रद्धान्जली सभाको अध्यक्षता महाशिला क्षेत्री समाजका अध्यक्ष कृष्ण क्षेत्री अतिथि क्षत्री समाज जिल्ला शाखाका उपाध्यक्ष भिम ब क्षेत्री, जिल्ला सह सचिब भिम ब लम्साल क्षेत्री,महाशिला क्षेत्री समाज का सल्लाहकार हेम क्षेत्री लगायतले समवेदना व्यक्त गरेका थिए ।

क्षेत्री समाजका जिल्ला उपाध्यक्ष क्षेत्रीले शोककूल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै मृत आत्मकाको चिरशान्तिको कामना गरेका थिए ।
क्षेत्री समाजमा आवद्ध भएका सवै दाजूभाई दिदिवहिनीहरुलाई सूख दूखमा सहयोग गर्न र जातिय सहिष्णूताका लागी कार्य गर्ने वताउनू भयो । सवै क्षत्री दाजूभाई दिदि वहीनीहरुलाई क्षत्री समाजमा गोलवन्द हून आग्रह समेत गर्नु भयो ।
कार्यक्रमको संचालन क्षेत्री समाज माहाशिलाका उपाध्यक्ष डिल ब क्षेत्रीले गर्नुभएको थियो ।