३ भदौ
पर्वत । नेपाली कांग्रेस पर्वतले मध्ये पहाडी लोकमार्ग अन्तरगत पोखरा कुश्मा खण्डको निर्माण कार्यको ढिला सूस्ती वारे जिल्ला प्रशासन कार्यालय पर्वतमा ध्यान आकर्षण गराएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मर्फत सम्वन्धित कार्य गर्ने निर्माण कम्पनीलाई ध्यानआकर्षण गराएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले वाग्लूङ पोखरा सडक खण्डमा धेरै खाल्टाखूल्टी भएको,विच विचमा पहिरो गएकाले सडकमा यात्रा गर्न जोखिम भएको हूनाले कति वेला नागरीकको ज्यू ज्यान नै जाने हो भन्ने अवस्था भएकाले निर्माण कम्पनी गम्भिर वन्न ध्यानआकर्षण गराउनू भयो । विरामीहरु सूत्केरीहरु कूश्मा वाट पोखरा उपचारमा लान समेत अप्ठ्यारो भएकाले अकालमा नै ज्यान सक्ने भएकाले तेता तर्फ सचेत वन्न आग्रह गर्नु भयो । लामा कन्ट्रक्सनको काम पहिले दूर्त गतिमा भएकाले संझौता अवधि अगाडी नै सक्ने सभावना देखिएको तर २ महिना सूस्त अवस्थामा रहेको कारण अव संझौता अवधिमा पनि काम सक्न नसक्ने अवस्था देखिएकाले पनि ध्यानआकर्षण गराउनू परेको वताउनू भयो । राज्यका तर्फवाट,नागरीकको तर्फवाट केहि अवरोध भए सहजिकरण गर्न कांग्रेस तयार रहेको जानकारी गराउदै पर्वत खण्डमा काम गर्न सहज रहेको धारणा राख्नू भयो । यस्तो अवस्थामा पनि निर्माण कम्पनाीले समयमा काम नगर्ने हो भने उस्को लापारवाही हो भन्दै त्यस्तो लापारवाही नगर्न चेतावनी दिनू भयो ।
नागरीकको तर्फ वाट र राज्यको तर्फ वाट सहयोग हूदा हूदै काम अगाडी नवढाउनू,सडकमा परेका खाल्डाखूल्डी नपूर्नु र यातायातलाई सहज नवनाउनू भनेको नागरीक प्रति प्रशासन र निर्माण कम्पनी जिम्मेवार छैनान् भन्ने सन्देश जाने भएकाले त्यस तर्फ सचेत वनाउन कांग्रेस पर्वत कृयाशिल भएको धारणा राख्नू भयो ।
त्यसै क्रममा नेपाली कांग्रेस पर्वतका सभापती खिम प्रसाद भूषालले कूश्मा नगरपालिका वडा नं. ६ खरेहा गेट देखी डम्डारे खेला सम्म फोर लेनको सडक निर्माणका लागी तयारी भएता पनि उक्त सडक,गुप्तेश्रर क्याम्पस सम्म विस्तार गर्न अनूरोध गर्नु भयो । जस्ले गर्दा गूप्तेश्रर क्याम्पसमा विद्यार्थी आवतजावतमा सहजता हूने र ट्राफिकमा धेरै चाप नपर्ने भएका कारण स्टिेमेट वढाएर उक्त स्थान सम्म फोरलेनको सडक निर्माणका लागी माग गर्नु भयो ।
मध्ये पहाडी लोकमार्ग कास्की नयाँपुल देखि पर्वत मालढुंगासम्मको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भूषाल, मध्येपहाडी आयोजना कार्यालय पर्वतका लेखाअधिकृत रामचन्द्र सूवेदीले कामको प्रगतीको वारेमा जानकारी गराएका थिए ।
लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भूषालले निर्माण कार्यको शुरुवात भएको जानकारी दिनू भयो । असार महिना कूनै काम नगरेको स्वीकार गर्दै हाल पूर्व वेतनी देखि १ सय ५ जना कामदारले कामको शुरुवात गररेको र ५ स्थान वाट काम अगाडी वढाएको वताउदै आजै वाट सडकमा रहेका खाल्डाखूल्ढी सम्माउने प्रतिवद्धता जनाउनू भयो ।
प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विभिन्न समयमा जिल्ला विपद व्यवस्थापन समितिको वैठक वाट निर्णय गरेर निर्माण कम्पनीलाई ध्यानआकर्षण गराएको,समय समयमा सडकका खाल्टाहरु पूर्न लगाएको भएता पनि सन्तोषजनक काम नभएको वताउनू भयो । विगतमा जे भएता पनि अव निर्माण कम्पनी पूर्णरुपमा कार्य गर्ने गरि प्रस्तूत भएकाले छिटै सडक निर्माण कार्य पूरा हूनेमा विश्वास व्यक्त गर्नुभयो ।
मध्ये पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कास्की नयाँपुल देखि पर्वत मालढुंगासम्मको झण्डै २४ किलोमिटर सडक खण्ड पर्दछ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो सडक खण्डको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।
यस सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन सकेको छैन । कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधि गोविन्द भूषालले आयोजनाको संझौता अवधि २०७७ कार्तिक मसान्त सम्म सवै काम सक्ने प्रतिवद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा ध्यानअकर्षण गराउन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी,जिल्ला कार्यसमिकिा सदस्यहरु कूल प्रसाद उपाध्याय,डा चूडामणी शर्मा,सरस्वती जिज्ञासू,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष तथा सवैको अनलाईन डट कम का प्रधान सम्पादक गणेश वहादूर क्षेत्री,प्रेस यूनियनका अध्यक्ष माया अधिकारी,कृयाशिल सदस्य रामहरी शर्मा लगायत पत्रकारहरुको टोलि रहेको थियो ।
आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको हो । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको कार्यालयले जनाएको छ ।