२ भदौं
पर्वत । फोटो ग्राफर संघ पर्वतले आज एक कार्यक्रमको आयोजना गरी विश्व फोटोग्राफी दिवश मनाएको छ । कार्यक्रममा कूश्मा नगरपालिका १२ ठूलीपोखरीका ४२ वर्षिय दूवै मृगौला पिडित विष्णू परियारलाई ८ हजार १ सय ५ रुपैया सहयोग हस्तान्त्रण गरको छ ।

कूश्मा वजारमा आयोजित कार्यक्रमका प्रमूख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले आर्थिक सहयोग मृगौला पिडितका श्रीमती लक्ष्मी परीयारलाई हस्तान्तरण गरेका हून । सो अवसरमा वोल्दै अध्यक्ष शर्माले पर्वत उद्योग वाणिज्य सघको वस्तूगत संगठनमा सवैभन्दा कृयाशिल फोटो ग्राफर संघ भएको वताए । विश्व फोटाग्राफी दिवश रचनात्मक काम गरेर मनाएकोमा प्रशुंसा गरे । शर्माले यस्ताखालका काममा पर्वत उद्योगवाणिज्य संघले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । फोटो ग्राफर संघ पर्वतले कूना कन्दरामा रहेका पर्यटकीय क्षेत्रहरुलाई पहिचानमा ल्याउने कार्यमा फोटो ग्राफर संघले खेलेको भूमिकाको स्मरण गरे ।

संघका अध्यक्ष नारायण वहादूर के सी ले आफूहरुले दूवै मृगौला पिडितको पक्षमा एउटा ईटा मात्र थपेको वताउदै विष्णू परियालाई सवै सघ संस्थाले सहयोग गरि जिवन वचाउन अनूरोध गरे ।
उक्त अवसरमा विष्णू परियारकी श्रीमती लक्ष्मी परियारले सहयोग ग्रहण गर्दै पर्वत फोटो ग्राफर संघले गरेको सहयोगले थप उपचारमा टेवा पूग्ने वताउदै धन्यवाद ज्ञापन गरीन । यसै गरी अन्य संघ संस्था व्यक्तिले आर्थिक सहयोग गरी श्रमिानको जिवन वचाईदिन अनूरोध गरिन ।

४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियालाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन् भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने ,३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ । नेपाल सरकार वाट डायलसीसका लागी निशूल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन ।
कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष तथा सवैको अनलाईन डट कम का प्रधान सम्पादक गणेश वहादूर क्षेत्री,फोटो ग्राफर संघ पर्वतका निवर्तमान अध्यक्ष राजन गूरुङ,सूचना केन्द्र डट कम का प्रधान सम्पादक वैगुण्ठ गिरी, फोटो ग्राफर संघ पर्वतका सदस्य आर सी पौडेल लगायतले शूभकामना दिएका थिए ।
फोटो ग्राफर संघ पर्वतका अध्यक्ष नारायण वहादूर के सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश श्रेष्ठ र संचालन सचिव विजयराज जैशीले गरेका थिए ।