२ भदौं
पर्वत।पत्रकार शालिग्राम पुडासैनिको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता चर्चित पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै पर्वतको कुश्मामा जुलुस निकालीएको छ । स्थानीय केहि युवाहरुको समुहले जुलुस प्रदर्शन गरेका हून । कुश्माको वडागाउँदेखि शुरु भएको जुलुस लोकतान्त्रिक चोकमा पुगेर कोणासभामा परिणत भएको थियो ।
सो अवसरमा याम परियार शिव र शिशिर पौडेलले सम्वोधन गर्दै द्धटना सूनियोजित भएकाले निश्पक्ष छानविनका लागी माग गरे । रविलाई तत्काल रिहाई गर्न माग गरेका थिए । उनिहरुले पत्रकार शालिग्राम पुडासैनिको मृत्युमा पत्रकार रबि लामिछानेलाई अनावश्यक मुछिएको बताएका थिए ।
अनूसन्धानमा रहेको भिडियो नै कसरी प्रहरी प्रशासनले वाहिरा दिन पूग्यो त्यसले नै निर्दोश रविलाई फसाउने षड्यन्त्र देखिएको वताएका थिए । अनूसन्धान हिासतमा नराखी पनि गर्न सकिने भएकाले तत्काल रविको रीहाइका लागी माग गरेका थिए ।
कालो ब्यानर सहित निस्किएको जुलुसमा सरकार र प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरिएको थियो ।
देशका विभिन्न ठाउंमा स्वतस्फूर्त रुपमा रविको समर्थन र निश्पक्ष छानमिनका लागी जूलूस निस्किरहेका छन् । झापा,विराटनगर,चितवन लगायतका स्थानमा नारावाजी भईरहेका छन् ।









