२ भदौं
पर्वत । गत बर्ष हावाहुरीले क्षतीग्रस्त नेपाल विद्यार्थी संघका नेता एवम् गूप्तेश्वर बहुमुखी क्याम्पसका सचिव सन्तोष पाठकको घर निर्माणका लागि संकलन भएको रकम क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको छ । घर निर्माणका लागि संकलन भएर बढि भएको रकम क्यान्सर पीडित कुश्मा नगरपालिका–४ का मिन परियार खड्केलाई आज ७ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो । पाठकको जन्मउत्सवको अवसर पारेर सहयोग रकम हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । २९ बर्षिय मिन परियार आन्द्रामा क्यान्सर भएको छ । परियार हाल दिल्ली स्थित राजिव गान्धी हस्पिटलममा उपचारर्थ छन् । उक्त रकम नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलको नेतृत्वमा संकलन गरिएको थियो । उक्त रकम नेपाली काँग्रेसका युवा नेता युवराज जोशीको रोहवरमा क्यान्सर पीडित मिन परियारकी आमालाई हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेता जोशीले सेवा नै धर्म भएको बताए । एउटा मानिसलाई दुःख पर्दा अर्को मानिसले सक्दो सहयोग गर्नु मानविय धर्म भएको बताउनु भयो । उहाँले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर सामजिक सेवामा लाग्न काँग्रेस कार्यकर्तालाई अनुरोध गर्नुभयो । पाठकले आफ्नो घर निर्माणका क्रममा उठेर बाँकी रहेको रकम उठाएर क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको बताए । ‘म आफ्नो बर्थ डे सेलिबेरसिन गरेर रमाईलो भन्दा पीडित परियारको मुहारमा उज्यालो हेर्न चाहान्र्थे, पाठकले भने,‘थोरै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी छु’ पाठकले अघिल्लो बर्ष आफ्नो जन्मउत्सवको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण मिन परियारको परिवारले आर्थिक सहयोगको याचना गदै आएको छ ।









