१ भदौं
अजय मिश्र, कृष्णनगर कपिलवस्तु,कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर बाट खटिएको टोलीले पाच लाख सत्तानबे हजार आठ सय बिस रकम बराबर अबैध गाडी र समान भन्सार चलान गरेको छ। नयाँ गुल्मपती आए देखि नै सिमा नाकामा निगरानी बढाइएको छ।
कृष्णनगर सशस्त्र गुल्म बाट खटिएको मोबाइल टोलीले आज दिनको १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर र कृष्णनगर नगरपालिका वडा नं २ ब्यारिएर चेकपोस्ट भन्ने स्थान देखि भारतबाट अबैध रुपमा ल्याउदै गरेको नम्बर प्लेट समेत नखुलेको टाटा सूमो कार लगायत कपडा र किराना का समान समान भन्सार चलान गरिएको कुरा सशस्त्र प्रहरी बल कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिएका छन्।









