१ भदौं
पर्वत । सुचना तथा सञ्चार प्रबिधी मन्त्री गोकूल बास्कोटाले प्रतिपक्ष कांग्रेसलाई दर्जनौ आरोप लगाएका छन् । उनले कांग्रेस खानकै लागी जन्मिएको पार्टी भन्दै प्रतिपक्षमाथी खनिएका थिए । कांग्रेसलाई सत्ता भनेको माछा र पानी जस्तो भएको थियो वल्ल अहिले सत्ता ५ वर्षलाई गूम्दा होस आएको वताउदै दर्जनौ आरोप लगाए । कर्मचारी,अदालत,प्रहरी प्रशासन २० औ वर्ष देखी कांग्रेसले शासन गरेर चलाएकाले वर्तमान सरकारले चाहे जस्तो गरि संचालन गर्न नसकको वताउदै भ्रष्ट्राचारी प्रमाणीत भएकालाई एक सय एक्काईस किलोको माला लगाउने कांग्रेस भएको आरोप लगाए । प्रेस संगठन पर्वतले पत्रकार सम्मेलनको आयोजना गरे पनि मन्त्रीले भने पार्टी प्रशिक्षण जस्तै गरि कार्यक्रममा प्रस्तूत भएका थिए । सवै संघ संगठन,कर्मचारीतन्त्र मा नेकपाको नेतृत्वका लागी सवैखाले शक्ति प्रयोग गरि कव्जा गर्न उत्प्रेरणा गरेका थिए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री वास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने वताएका थिए ।
जवाफदेहिता सहितको पत्रकारितालाई स्थापित गर्न पनि गल्ती नगरेको ब्यक्तिलाई अपराधी बनाउने पत्रकारिताले अपराध ठहर नहुँदा क्षतिपूर्ति समेत भराउनपर्ने गरि कानुन आउनुपर्छ भन्ने उनको धारणा थियो ।
‘ब्यक्तिलाई समाजिक रुपमा मुख नै देखाउन नहुने गरी समाचार लेख्ने पछि आरोप पुष्टि नभए पत्रकारले पनि जवाफदेहिता लिनुपर्छ’ भन्दै ‘समाचार लेखेको भरमा कारबाही नहुने प्रचलनले अराजकता बढाएको वताए ।  जवाफदेहिता र मर्यादित पत्रकारिता समाप्त भैरहेको तर्फ औलाउदै अफावह फैलाउने गरी झुट्टा समाचार लेख्नेलाई कानून बमोजीम कारबाही र क्षतिपुर्ती भराउनका लागि अदालतबाट निर्णय हुने गरि कानुन बन्ने स्पष्ट पारे ।
पत्रकार महासंघ र प्रेस सम्बद्ध धेरै संस्थाले उठाएका मागहरु सम्बोधन भएपनि पत्रकार महासंघ बिग मिडिया हाउसको पक्षमा लागेका कारण समस्या भएको वताए । ‘पत्रकार महासंघ श्रमजिबीका मुद्दा छाडेर मालिकको नोकर जस्तो भयो’,‘पत्रकारले समयमा तलब पाउने ब्यबस्था हुँदा मालिकका सामु घुंडा टेक्दा महासंघ कै गरिमा घटेको वताउदै ठुला मिडिया हाउसका सम्पादकहरुले नेपाली कांग्रेसको पक्षमा राजनिती गरिरहेको आरोप लगाए । केही मिडीया हाउसहरु सरकारले जति राम्रो काम गरेपनि लुकाउने र स-साना कुरालाई उचालेर बिबादित बनाउने उद्देश्य सहित लागेको भन्दै कार्यकर्ताहरुले त्यस्ता सञ्चार माध्यमको अफवाहका पछि नलाग्न आग्रह गरे ।
सरकारले सम्बृद्धिको जग बसालेको र संबिधान र गणतन्त्रको जग बलियो गरि बसालेको भन्दै पाँच बर्षमा यसका परिणाम देखिने वताए । अबका तीन बर्षपछि कसैले बिश्वास नगरेको परिणाम पुर्बाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका हरेक क्षेत्रमा देखिने उनको दाबी छ ।
उक्त पत्रकार सम्मेलनमा पत्रकार वैगुण्ठ गिरी र गणेश वहादूर क्षेत्रीले अन्तरकृया गरेका थिए । झण्डै डेड घण्टा लामो पत्रकार सम्मेलनमा सरकारका कार्यहरुको प्रगती भन्दा पनि पार्टी संगठनको चिन्तामा समय मन्त्री वास्कोटाले वितएका थिए । कार्यक्रम प्रेस संगठन पर्वतका राजवावू पिसीको अध्यक्षता र संचालन गणेश गिरीले गरेका थिए ।