३१ साउन
पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई दण्ड र पूरस्कार सहितको पाताकस्ने गरि ऐन निर्माण गर्न लागेको वताउनू भयो । उहाँले काम नगर्ने र ठग कर्मचारीहरुलाई पाता कसेर बाँध्नेगरी ऐन आउन लागेको बताउँदै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाहि गर्नेगरी ऐन ल्याउन लागिएको बताउनुभयो ।
काम ठग कर्मचारीहरु अव धेरै दिन नटिक्ने वताउदै एक जना कर्मचारीको सरुवा मिलाउनका लागी ३२ जना माननिय सम्मको फोन आएको वताउनू भयो । विधि र प्रकृयाले कर्मचारी समायोजन गरेकाले कसैलाई काखा र कसैलाई पाखा नगरेको तथा सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने दाबी गर्नुभएको छ ।
प्रेस संगठन पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले नभई योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताउनुभयो । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने बताउँदै निर्ममम ढंगले निर्णय लिने बताउनुभयो ।
मन्त्री पण्डितले आगामी तिहार भित्र लोकसेवा आयोगले रिजल्ट प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनैपनि तहमा कर्मचारीको अभाव नहुने बताउनुभयो । उहाँका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीहरुको अभाव रहेको बताउँदै लोक सेवा आयोगले इतिहासमै पहिलोपटक ठुलो संख्यामा कर्मचारीहरु भर्ना गर्न लागेको बताउनुभयो । उहाँले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुने समेत दावी गर्नुभयो ।
मन्त्री पण्डितले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको बताउँदै यथासम्भव यसै साता संसदबाट पारित हुने बताउनुभयो । मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी टे«ड यूनियन नहुने बताउँदै सामुहिक राजीनामा दिनेलाई हस्ताक्षर भेरिफिकेसन गरि तत्काल विदाई गरिने बताउनुभयो । मन्त्रि पण्डितले पुराना कर्मचारीहरु कि त रुपान्तरण हुनु पर्दछ कि त हट्नुपर्ने बताउनुभयो ।
वर्षोदेखि सरुवा नभएर स्थानिय तहमा जरा गाडेका कर्मचारीहरुका लागी सरुवा गरिने वताउदै जनप्रतिनिधि ५ वर्ष रहने तर स्थानिय तहमा कर्मचारी सधै रहनेभएकाले कसैलाई नटेर्ने प्रवृत्तीको अन्त्य गर्ने वताउनू भयो ।
एक फरक प्रसड्गमा अख्तियारले साना ठूला सवैलाई कार्वाहि गर्न लागेकाले हिरासतमा राख्ने ठाउंभरीन गएकाले अख्तियारको कार्यालय थपं भाडामा लिएर भए पनि राख्ने वताउदै आगामी ५ वर्षमा निर्वाचित २५ प्रतिशत जनप्रतिनिधिहरु पनि जेल जान सक्ने वताउनू भयो । विकास निर्माणमा सवै जनप्रतिनिधिहरु उपभोक्ता समितिमा वस्ने,डोजर मालिक वन्ने,ठेकेदार वन्ने भएका कारण पनि अख्तियारले समात्ने वताउनू भयो ।
उक्त कार्यक्रममा संघिय सांसद पदम गिरी,डा सूर्य पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रेस संगठनका गणेश गिरीले गर्नु भएको थियो ।